इन्जिनिरहरु भन्छन्– हामी नेपालमै मोबाइल बनाउन सक्छौँ, तर सुन्ने कसले ?

7
SHARES
15
VIEWS

काठमाडौं ।डिजिटल संसारमा पछिल्लो समय स्मार्टफोन (मोबाइल फोन) ले विश्वभर नै क्रान्ति ल्याएको छ । परिवर्तित समयसँगै नेपालमा पनि स्मार्टफोनका नयाँ–नयाँ भर्सन भित्रिएका छन् । मानिसलाई बरु दिनमा एक छाक खाना नभए जीवन चल्ने तर २४ सै घण्टा स्मार्टफोन नभए जीवन नै शून्य लाग्ने अवस्थाको विकास भइसकेको छ ।

‘फ्याक्टस नेपाल’ले गत नोभेम्बरमा सार्वजनिक गरेको सन् २०१९ मे महिनादेखि नोभेम्बरसम्मको तथ्यांकमात्र हेर्ने हो भने करिब ९० प्रतिशत नेपालीले स्मार्टफोन प्रयोग गर्छन् । यो वर्षको दशैं–तिहारमा न्युरोडमा मात्र करिब एक लाख चलेका कम्पनीका फोन भित्रिएको ‘ताम्राकार हाउस’ न्युरोडका मोबाइल बिक्रेता एवम् साओमी एमआई कम्पनीका सदस्य रिजन हमाल बताउँछन् । ‘यो त एमआई, सामसुङ, रियलमी, आईफोन, वान प्लस, ओप्पो र भिभोलगायत चलेका ब्रान्डहरुको मात्र तथ्यांक हो’ उनी भन्छन्, ‘अन्य मोबाइल र देशभरको तथ्यांकको हिसाब गर्ने हो भने अझै बढी हुन्छ ।’ न्युरोडमा भित्रिएका ती फोनका लागि २६ करोड ४० लाख रकम बाहिरिएको छ ।

नेपालमा मोटरगाडी, रोबोट, ड्रोनलगायतका वस्तुको उत्पादन भइसकेको छ । विमान र रकेटजस्ता उच्चतम प्रविधिमा पनि नेपाली इन्जिनियर तथा वैज्ञानिकले कुशलता देखाइसकेका छन् । नयाँ–नयाँ प्रविधिको विकास तथा विस्तारमा अग्रसर देखिएको नेपाल स्मार्टफोन उत्पादनको सवालमा भने निकै पछाडि छ ।

केही वर्षअघि चौधरी ग्रुप (सिजी) ले भारतबाट पार्टपूर्जा ल्याएर मोबाइल उत्पादन सुरु गरेको थियो । सिजीले भारतीय मोबाइल म्यानुफ्याक्चरिङ कम्पनी इन्टेक्सको डिलर लिएको थियो । सो मोबाइल बजारमा नपुग्दै बन्द भएको जानकारहरु बताउँछन् । सिजीले ५ हजार ६९९ देखि १२ हजार ९९९ रुपैयाँ मूल्यसम्मका मोबाइलका डिजाइन बनाएको थियो । त्यसबाहेक नेपालमा हालसम्म कुनै पनि मोबाइल म्यानुफ्याक्चरिङ कम्पनी छैनन् । न यस सम्बन्धमा कुनै इनोभेसन तथा इन्भेन्सन नै भएको छ ।

स्मार्टफोन बन्न किन असम्भव ?
ड्रोन, बेबीवार्मर, भेन्टिलेटर, बादर धपाउने मेसिनलगायत विभिन्न उपकरण आविष्कार गरिसकेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन नेपालले आफ्नै मोबाइल/स्मार्टफोन बनाउने कुरा असम्भव देख्छन् । ‘यी सबै कुराहरु कम बजेट र सानो ठाउँमै बन्न सक्ने वस्तुहरु हुन् । तर मोबाइल टेक्नोलोजी भनेको धेरै नै खर्च हुने चीज हो । यसको सामान पनि नेपालमा उपलब्ध छैन’ पुन भन्छन्, ‘मोबाइलको पार्टपूर्जा मात्र होइन त्यसलाई फिट गर्नसमेत उच्च प्राविधिक मानिसहरु चाहिन्छ ।’

पुनको भनाइलाई आधार मान्ने हो भने मोबाइलभित्रको सानो चिप्सदेखि विभिन्नखाले हार्डवेयर तथा सामान उत्पादन गर्न ठूलो कारखाना र अर्बौंको लगानी आवश्यक पर्छ । जुन तत्काल नेपालमा सम्भव छैन ।

नेपाली बजारको मागअनुसार हालसम्म नेपाल भित्रने अधिकांश हार्डवेयर÷सफ्टवेयर उपकरणहरु चीन, भारत एवम् तेस्रो मुलुकबाट आयात हुन्छन् । यस्तो अवस्थामा मोबाइल उत्पादन गर्न असम्भव रहेको कुरा एमआई कम्पनीका सदस्य रिजन हमाल बताउँछन् ।

‘हाम्रो बजारको डिमान्डअनुसार सबै सामानहरु विदेशबाट आउँछ । बजारको डिमान्डअनुसार नेपालले आफ्नै ब्रान्डको मोबाइल बनाउन सम्भव छैन’ रिजन भन्छन्, ‘हाम्रो बजारमा चल्ने भनेकै ब्रान्ड हो । ब्रान्डेड कम्पनीजस्तो फिचर, मूल्य र त्यसअनुसारको गुणस्तर सन्तुलन गर्न नेपाली कम्पनीले सक्दैनन् ।’

नेपाली बजारअनुसार मोबाइल बनाउन नसक्नुमा नेपालमा दक्ष जनशक्ति र लगानीको अभाव रहेको पुन र हमालको कुराबाट बुझ्न सकिन्छ । उनीहरुको कुरालाई आधार मान्ने हो भने यदि नेपालले आफ्नै मोबाइल बनाउन आँट्ने हो भने पनि अन्य ब्रान्डजस्तै हरेक कुराको स्वाद दिलाउन नेपाली प्राविधिकले हुँदैन, विदेशी हायर गर्नुपर्छ ।

सिजी ग्रुपले ‘लो रेन्ज’मा मोबाइल निकाल्न खोज्दा असफल भएकाले पनि नेपालमा मोबाइल उत्पादन चुनौतिपूर्ण रहेको जानकारहरु बताउँछन् ।

यद्यपि, विभिन्न हार्डवेयर/सफ्टवेयर कम्पनीमा आवद्ध इन्जिनियरहरु भने नेपालमै मोबाइल बनाउन सम्भव देख्छन् । मोबाइलका हरेक पार्टपूर्जा नेपालमै बनाउन नसके पनि सामानहरु एसेम्बल (जडान) गरेर मोबाइल बनाउन सम्भव रहेको बताउँछन्, सफ्टवेयर एवम् एप डेभलपर इन्जिनियर आभास कर्माचार्य । ‘मोबाइलको पार्टपूर्जा बनाउन नेपालमा सम्भव छैन । हाम्रो पूँजीले धान्दैन पनि’ उनी भन्छन्, ‘तर पार्टपूर्जाहरु ल्याएर एसेम्बल गर्न त नेपाली टेक्निसियनहरुले सक्छन् । त्यसका लागि विदेशी जनशक्ति नै चाँहिदैन ।’

डिजाइनअनुसार मोबाइलको हार्डवेयरको काम सकिएपछि मोबाइलको भित्री फिचर बनाउनमा सफ्टवेयर इन्जिनियरको भूमिका रहन्छ । बाह्य कामबाहेक मोबाइलमा लाग्ने एपदेखि अन्य फिचर बनाउन आफूहरु सक्षम हरेको नेपाली इन्जिनियर तथा प्राविधिक बताउँछन् ।

आविष्कार केन्द्रका पुन भने कर्माचार्यको कुरामा असहमत छन् । भन्छन्, ‘हामीजस्तो अल्पविकसित मुलुकमा लाखौँ उपभोक्ता छन् र उनीहरुका माग पनि फरक–फरक छन् । हामीले एसेम्बल गरेर १०० थान उत्पादन गर्न सकेर मात्र भएन, बजारको माग पनि पुरा गर्नुपर्यो ।’

स्मार्टफोन बनाउन के–कस्ता उपकरण चाहिन्छ ?
मोबाइल बनाउनुअघि कम्पनीले मोबाइलको बाहिरी र भित्री आवरण डिजाइन गर्छन् । त्यसका लागि चाहिने हार्डवेयरका सामानहरु विभिन्न कम्पनीले तयार पार्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित