शहिद जनम बरालको हत्या भएको ठाउँ सहेरीमा अनेरास्ववियु पुग्यो

7
SHARES
15
VIEWS

कैलालि । शहिद जनम बराल(संग्राम) लगायत ११ जना शहिदहरुलाई सामुहिक रुपमा हत्या गरेको कैलालिको सहेरीमा अनेरास्ववियु कैलालिका्े टिम पुगेर शहिदका सपना पुरा गर्ने प्रतिवद्धता गरेको छ ।

अखिल(क्रान्तिकारी) का निबर्तमान केन्द्रिय अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रमेश मल्ल लगायत अनेरास्ववियू कैलालीको टिम सहेरी पुगेको हो । २०५८ मंसिर २३ गतेका दिन कैलालि जिल्लाको बेलादिपुर ३ सेहरी भन्ने ठाउँमा तत्कालिन शाही सेनाको ३०० जनाको जत्थाले घराहालि खाना खाइरहेको अवस्थामा कव्जा गरी भुपु केन्द्रिय सदस्य सहित १० जनालाई शरिरि छिया छिया पारेर गोलि हानि हत्या गरेको थियो ।

उक्त स्थानमा पुगेर विद्यार्थि नेताहरुले तत्कालिन समयमा अनेरास्ववियु(क्रान्तिकारी)ले सेति महाकालीमा थालेको वर्ग संघर्ष र विद्यार्थि आन्दोलनका समयमा जनम बराल सहितका नेताहरुको रगतले लतपतिएको भुमिमा आएर वहाँहरुका प्रतिवद्धताहरु पुरा गर्ने अठोट गरेको विद्यार्थि नेता सिद्ध आचार्यलय बताएका छन ।

नेकपा(माओवादी)ले थालनि गरेको जनयुद्ध ताका नेकपाका नेता रमेश मल्ल तत्कालिन समयमा विद्यार्थिको सेति महाकाली व्युरोका संयोजक हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित