गिरिराजले दिपक आत्मनिर्भर बन्दै

7
SHARES
15
VIEWS

कालीकोट । गाउँमा सामान्य कृषकका रुपमा रहेका महावैका दिपक सिंह अहिले कुखुरा पालन गरेर मनग्य आम्दानि गर्न सफल रहेका छन । गाउँको नजिक सानो खुद्रा पसल गरेर बस्दै आएका महावै गाउँ पालिका वडा न. ३ धामिबाडाका दिपक सिंहले गाउँमा गिरीराज र बोएलर कुखुरा पालन गरेर मासिक रुपमा ४० हजार कमाउन सफल भएको बताएका छन ।

अहिले उनि संग पहिलो पटक गिरीराज कुखुरा २ सय ८० वटा चल्ला हालेकामा १ सय विक्री गरेर राम्रो कमाइ भएको बताए । उनले भने आफुले गएको विजया दशमि पछि कुखुरा पालन शुरु गरेको छु त्यस संगै स्वस्थ्य चौकी नजिक खुद्रा पसल पनि छ त्यसबाट पनि कुखुराको मासु विक्री गर्ने गरेको बताए ।

अहिले सम्म कसैबाट अनुदान तथा सहयोग नपाएका सिंहले व्यवसायिक रुपमा स्थानिय जातका कुखुरा पालन गर्ने तयारी गरेको बताए । उनले कुखुरा पालन समुह दर्ता गर्ने तयारीमा रहेको बताउदै टर्कि,गिरीराज,स्थानिय जातका साथै बोइलर कुखुराको फर्मको रुपमा विकास गर्ने बताएका छन ।

दिपक सिंहले हिमचुलि कृषि सहकारी संस्था लि.बाट ४ लाख कर्जा लिएर व्यवसाय शुरु गरेको बताएका छन । हिमचुलि कृषि सहकारी संस्था लि. पादमघाटका व्यवस्थापक चन्द्रमणि आचार्यका अनुसार दिपक सिंहले पहिलो पटक गाउँमा गिरीराज कुखुरा पालन गरेको र एउटा कुखुरा ६ देखि ८ केजि सम्म हुने र स्थानिय जातको कुखुराको जस्तै मासु हुने भएकाले विक्री हुने गरेको बताएका छन ।

अहिले गिरीराज कुखुराको प्रति केजि मुल्य ६ सय ५० देखि ७ सयमा विक्री हुने गरेको बताइएको छ । पछिल्लो समयमा ग्रामिण क्षेत्रमा बोइलर कुखुरा पालन देखि टर्कि,गिरीराज र स्थानिय जातका कुखुरा पालनमा व्यापक रुपमा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित