नेकपाको पचालझरनामा स्वस्थ्य सर्तकता सहित भेला सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको जारकोटमा आयोजना गरिएको कार्यक्रममा नेकपा पचालझरनाले स्वस्थ्य सुरक्षालाई ध्यान दिदै पार्टीको भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ ।

प्रशिक्षणमा सहभागिहरुलाई मास्कको व्यवस्था सहित बसाई गरिएको छ । उक्त कार्यक्रममा नेकपा पचालझरनाले १ हजार २ सय मास्क वितरण गरेको गाउँ कमिटि अध्यक्ष पौरख विकले बताएका छन । उनका अनुसार अहिलेको महामारीको समयलाई ध्यान दिदै सहभागिलाई मास्क वितरण गरिएको बताए ।

पार्टीले घोषणा गरेको केन्द्रिय संघर्षको कार्यक्रममा सबै भन्दा राम्रो र सहभागिता र प्रवेश गर्नेको संख्याले राम्रो भएको बताउदै अब पचाझरनाका प्रत्येक वडामा संघर्षका कार्यक्रम अघि बढ्ने अध्यक्ष पौरख विकको भनाइ रहेको छ ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष धनजित शाही,प्रदेश कमिटि सदस्य गंगा खड्का लगाएतका नेताहरुले ओलिको कदम असंबैधानिक भएको र त्यसलाई सच्याउन अनुरोध समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित