ओलिले नेपालि कम्युनिष्ट आन्दोलनको धज्जि उडाए — अध्यक्ष धनजित शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा कालीकोटका अध्यक्ष धनजित शाही(आदर्श)ले प्रधानमन्त्रि केपि शर्मा ओलिले नेपालमा दुई तिहाइ बहुमत भएको कम्युनिष्टको सरकार भएको बेला त्यसको भरपुर जनतालाई अनुभुति हुने गरी शासन प्रणालि लागु गर्नु पर्नेमा जनमतको वेवास्ता गर्दै संसद विघटन गरेर नेपालिक कम्युनिष्ट आन्दोलनको धज्जि उडको बताउनु भएको छ ।
नेकपा पचाझरना गाउँ कमिटिले आयोजना गरेको पार्टी भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले उक्त कुरा बताउनु भएको हो ।

सो कार्यक्रम बोल्दै कर्नालि प्रदेश कमिटि सदस्य गंगा खड्काले कालीकोट जिल्लामा केपि ओलिले चालेको असंबैधानिक कदमको व्यापक भण्डाफोर गरेर ओलि पक्षमा जनताले साथ नदिएको बताएकि छन ।

त्यसै गरी पचालझरना गाउँ पालिका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य खडगराज सेजुवालले अहिलेको अवस्थामा नेकपा प्रचण्ड माधव पक्षले आधिकारिकता पाउने बताउदै पार्टी आधिकारिक हुन्छ कि नाइ भन्ने भ्रममा नपर्न नेता तथा कार्यक्रतालाई आग्रह गर्नु भएको छ ।

त्यसै गरी कार्यक्रममा जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर शाही,निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक
जगत शाही(शिखर) अनेरास्ववियुका संयोजक मनसिंह शाही लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

बोल्ने नेताहरुले अहिलेको सरकारको असंबैधानिक कदमको व्यापक आलोचना गरेका थिए ।

उक्त कार्यक्रममा नेपालि कांग्रेसबाट विष्णुला न्यौपाने(हुलागि), जनम कठायत,नेकपा विप्लवका महाजित ऐडी लगाएतका २० जना नेकपामा प्रवेश गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित