नेपालि कांग्रेसले मलाई उहिल्यै माओवादी घोषणा गरिसकेको थिए मत अहिले नेकपा भएको हुं–विष्णुलाल न्यौपाने

7
SHARES
15
VIEWS

लामो समय २०४८ साल देखि नेपालि कांग्रेसमा आवद्ध विकास प्रेमि नेताका रुपमा चिनिदै आएका पचालझरना गाउँ पालिका वडा न. ४ निवासि विष्णुलाल न्यौपाने एक सच्चा इमान्दार कार्यक्रताको सुचिमा रहदै आएका व्यक्तित्व हुन । उनि विकास निर्माणका काममा आफै खटिएर परिणाममुखि बनाउन लाग्ने गर्दछन । उनले पचालझरनाको लाफामा एक दर्जन बढि योजना संचालन गरेर लाफाको रुप परिवर्तन गरेका छन । उनलाई नेपालि कांग्रेसले विगत लामो समय देखि वेवास्ता गर्दै सक्रिय कार्यक्रता भन्दा पनि नेतृत्वको चुरीफुरी गर्नेहरुको विश्वास गरेर अघि बढेकाले आफुले नेपालि कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गर्नु परेको बताएका छन । उनि संग कर्नालि संचारले गरेको संक्षिप्त कुराकानि प्रस्तुत गरिएको छ ।
तपाई के कति कारणले नेपालि कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गर्नु भयो ?
म नेकपामा आउनुमा २ वटा कारण छन । पहिलो देशभर नेपालि कांग्रेसले राष्ट्रियता,लोकतन्त्र र समाजवादको आदर्शलाई छोडेर गयो । पार्टी भन्दा पनि व्यक्तिको निति लागु गर्ने र आफुलाई स्वार्थ कहां पाइन्छ त्यतै नेतृत्व लाग्ने तल्ला स्तरका कार्यक्रताहरुले उनिहरुको गुलामि गर्न थाले पछि त्याग गर्दै आएका लामो समय पार्टीलाई समय दिएका कार्यक्रताहरु ओझलमा राख्ने गरेको अनुभति हुन थाल्यो ।

दोस्रो कारण मैले विभिन्न निकायमा समन्वय सहकार्य गरेर विकास निर्माणका कामहरु गरेको देख्दा नेपालि कांग्रेसलाई टाउको दुखाई भयो । विशेष गरी गाउँका झोले कार्यक्रताहरुलाई असर परेपछि मलाई हरेक क्षेत्रमा काम गरेको विरोध गर्ने,राम्रोलाई नराम्रो देख्ने र नेपालि कांग्रेसका कुनै पनि नेताहरुबाट सहयोग नपाएको बरु समस्या परेको बेला सहयोग माग्ने काम भयो । अहिले गाउँमा नाम किटान गरेर भन्दा जन्महरु जस्ताले नेपालि कांग्रेसको आधिकारिक कार्यक्रता हुने हामी ओझेलमा पर्ने अनि कसरी हुन्छ त्यो पार्टी जनता र हामीहरुको हितमा ?
अहिले नेकपामा आइसके पछि तपाईलाई त भाइरस भनियो नि यस बारे के भन्नु हुन्छ ?
हो म भाइरस हो । भाइरस कस्ता व्यक्तिका लागि र किन भएको हुं भन्दा मैले पचालझरना गाउँ पालिकाको वडा न. ४ (साविकको राम्नाकोट ६)मा गरेको विकास निर्माण देखि नेपालि कांग्रेस जोगाउने काममा म भाइरस भएको हुं । अहिले मलाई भाइरस भन्नेहरु नै भविष्यमा नेपालि कांग्रेसमा भाइरस हुन्छन । यदि त्यसो हो भने मलाई मलाई घाति र भाइरस भन्ने मेरा सम्माननिय अग्रज नेता ज्यु नेपालि कांग्रेसमा असन्तुष्ट हुंदा कहिले माओवादी त कहिले एमालेलाई भोट हाल्न लगाएको पनि जगजाहेर छ नि । अनि मैले वडा सदस्यको उम्मेद्धार हुंदा एमालेबाट पैशा खाएर मलाई हराइएको होनि ? हामीलाई कहिले अन्न पानि सहयोग गरे उदाहरण सहित देखाए भयो नि बरु हामी बाट सहयोग मागेका हुन । उहिले गरे होलान तर अहिले हामीले अन्न पानि सहयोग गरेका छौं । जो जसले मलाई भाइरस र घाति भने तिनिहरु नै भाइरस र घाति हुन ।

लेखेर राख्नुहोस । तिनिहरुको अवस्था र नेपालि कांग्रेसलाई कस्ता बनाउछन । गाउँमा नेपालि कांग्रेसको नाम निशान नदेखाउने गरी तिनि भाइरस पसेर नै हामीले एन्टिभाइरस हुनु परेको हो । हामीले नेपालि कांग्रेस जस्ता जनताको पार्टी भनेर लागेका मान्छेहरुलाई वाइपास गरेर नेतृत्वको गुलामि गरेर पार्टीका लागि राम्रो काम गरेको भनेर फेसबुकमा लेख्नेहरु आज हिरो हुने हामी जिरो हुने त्यो कुरा मलाई सह्य भएन । आफु खुशि म नेकपामा लागेको हुं ।

मैले नेपालि कांग्रेसमा भविष्य देखेन । पार्टीलाई पटक पटक सुझाव दिदा केही सुनुवाई भएन । भाइरसहरुको आगमन हुंदा हामी सोझा कार्यक्रताहरुको त्यो पार्टीमा भविष्य भएन । नेकपामा हाम्रो भविष्य देखेर लागेको हो ।
तपाईलाई त नेपालि कांग्रेसले जागिर हाल्न पहल गरेको देखि पारिवारि रुपमा सहयोग गरेर यहाँ सम्म आएको हुलागि परिवारले नेपालि कांग्रेसमा घात गरेको भन्ने आरोप छ नि ?
मेरो परिवारलाई सहयोग गरेको भन्ने नेपालि कांग्रेसको कोही माइकलाल छ भने भयो नि मलाई प्रत्यक्ष आएर कहां नेर नेपालि कांग्रेसको कुन नेताले गरेको छ सहयोग ? यदि मलाई सहयोग गरेर यहाँ सम्म ल्याइ पुगाएको हो भने नेपालि कांग्रेसले पचालझरनामा कयौं म भन्दा दयनिय अवस्थाका छन तिनिहरुलाई गरेर देखाए भयो के त्यो सम्भव छ । नेपालि कांग्रेस भनेको ठुला बडाहरुको लागि मात्र केन्द्रित भएको पार्टी हो । सर्वसाधारणका लागि हैन । हुलागि बनाउने कुरा आएको छ । मैले सबैलाई आग्रह गरे त्यो समयमा जिल्ला हुलाक देखि विभिन्न निकायमा मैले पहल गरेर भएको हो । नेपालि कांग्रेसले म हुलागि भएको देख्न चाहदैन थ्यो । मैले २०७४ सालको निर्वाचनमा हुलागिबाट राजिनामा दिएर नेपालि कांग्रेसबाट वडा सदस्यको उम्मेद्धार बन्दा मैले मेरो मेडमलाई बनाउनु पर्ने कुरा गर्दा नेकाका केही व्यक्तिले विरोध गरेका थिए । हुलाकको निति नियम घरपरिवारलाई पनि राख्न पाउने भएर मात्र सम्भव भएको हो । नितिमा नभएको भए यिनका बावुले दिन्थे र के मेरो टिट दया मानेर दिन्थे र ?
तपाईले गाउँमा के कति योजना ल्याउनु भयो ? कसरी सम्भव भए राजनैतिक नेताले सहयोग नगरेकै होत ?
मैले लाफा गाउँमा एक दर्जन बढि योजना ल्याएको छ । सबै भन्दा ठुलो काम भनेको विद्युत उत्पादन गर्ने धोको थियो । त्यो मैले पुरा गरेको छु अहिले पचालझरनाका अधिकांस वडाहरुमा उज्यालो दिन सफल भएको छु । लाफागाढ जनविद्युत आयोजनाले धेरैलाई राजगोरी दिएको छ भने गाउँ पालिका अध्यारो मुक्त भएको छ ।

त्यस पछि मेरो पहलमा लाफागाढ खोलामा २ वटा झोलुंगे पुल निर्माण भएका छन । कर्नालि नदिामा खम्मिवाला पुल निर्माण भएको छ । पहिरोको उच्च जोखिममा रहेको लाफामा तटबन्धनका कामहरु भएका छन । लिप्ट सिंचाई लगाएत एक दर्जन बढि काम आफैले पहल गरेर सम्पन्न भएका छन भने अन्य ठाउँका लागि समन्वय सहकार्य समेत गरेर ३ दर्जन विकास निर्माणका काममा सहयोग गरेको छु । कुरा रह्यो पार्टीेको सहयोगका कुरा मैले विद्युत उत्पादन गर्दा यहाँका समस्यालाई मध्यनजर गर्दै हामीले बाल्ने सल्लाको झरो सिंह दरबार उर्जा मन्त्रालय पुगाएर त्यसको असरका बारेमा जानकारी गराउने पहिलो व्यक्ति मै हुं त्यसरी विद्युत बलेको हो ।

अहिले हेर्दा विद्युत बलेको मा खुशि सबै छन तर त्यति खेरका दुःखका बारेमा कसैले टेरपुच्छर लगाएनन बरु उल्टै रमित बनेका थिए । कसरी बाल्छ विजुलि भनेर ? मैले विभिन्न निकायको सहयोगबाट सफल पारेको छु । हामीले गरेको सहयोगबाट विद्युत बलेको हो भन्ने कुरा नेपालि कांग्रेसका नेताहरुले नभन्दा हुन्छ मेरो सुझाव ।
अब को यात्रा के छ ?नेकपाले के के आश्वासन दिएको छ ?
अब मैले विगतमा जे गर्दै आएको छु ।सोही अनुसार विकास निर्माणका काम देखि लाफालाई पर्यटक मैत्रि गाउँ बनाउने,पचालझरनाको केन्द्रविन्दु पणेक्षा भएकाले त्यसबाट यहाँका समुदायलाई अवसर जुटाउदै आत्मनिर्भर बनाउने काममा लाग्छु । मलाई नेकपाले कुनै पनि आश्वासन दिएको पनि छैन । म आफै कर्म गरेर खाने मान्छे कसैले आश्वासन दिएर लाग्ने मान्छे हैन । म खुशिका साथ नेकपा लागेको हुं । म त अहिले नेकपामा लागे मलाई नेपालि कांग्रेसले उहिले माओवादी भनेर घोषणा गरेको हो । नेपालि कांग्रेसका झोलेहरुले माओवादी भनेपछि मैले त्यो पार्टीमा भविष्य देखिन अनि कम्युनिष्ट रोजेको हुं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित