हिमचुलि सहकारीको १२ औं वार्षिक साधारण सभा पौष २६ गते हुने

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारीका कारण निर्धारित समयमा साधारण सभा हुन नसकेको हिमचुलि कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा पौष २६ गते आइतबारका दिन मान्ममा हुने भएको छ ।

जिल्लाको सबै भन्दा ठुलो र व्यवसायिक सहकारी संस्था लि.ले १२ औं वार्षिक साधारण सभामा प्रतिनिधि मुलक गर्ने भएको छ । संस्थाको मंसिर ८ गतेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार वार्षिक साधारण सभा हुने भएको छ ।

संस्थाका जिल्ला भर रहेका ९ वटा सेवा कार्यालय स्तरिय समिक्षा तथा प्रतिनिधि छनोट कार्यक्रम गरी प्रतिनिधि मुलक साधारण सभा गर्न लागेको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ । वहाँका अनुसार सहकारी ऐनमा उल्लेख भए अनुसार साधारण सभा गर्न लागिएको हो ।
१२ औं वार्षिक साधारणका लागि सबै तयारी पुरा भएको मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ । आचार्यका अनुसार खांडाचक्र नगरपालिकाको होटल कोटदरवारमा संस्थाका संचालक,सल्लाहकार,सेवा कार्यालयबाट छनोट भएको प्रतिनिधि,कर्मचारी तथा विभिन्न उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहने बताउनु भयो ।
हिमचुलि कृषि सहकारी संस्था लि.का हाल १३ हजार शेयर सदस्यहरुमा २८ करोड बढि कर्जा प्रवाह,१२ करोड बचत संकलन भएको र वित्तिय कारोवार गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित