इन्टरनेटको मूल्य बढ्न सक्ने, पोल र केबलको भाडादर बढयो

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल र केबल प्रयोग गरी सेवा विस्तार गर्ने इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकका लागि नयाँ भाडादर तय गरेको छ । प्राधिकरणले माघ २ देखि लागू हुने भन्दै नयाँ भाडादर तय गरेपछि यसले इन्टरनेटको मूल्य बढ्न सक्ने व्यवसायीको चेतावनी छ ।

प्राधिकरणले आफ्नो अप्टिकल फाइबर र पोल प्रयोग गर्नेहरूलाई पुस २८ मा पत्र लेख्दै माघ २ देखि पुरानो सम्झौताको म्याद समाप्त हुने र नयाँ सम्झौता गर्दा नयाँ भाडादर लागू हुने भन्दै पत्र लेखेको हो । प्राधिकरणको पत्रअनुसार ६६ केभी र ३३ केभी वा त्योभन्दा कम भोल्टेज स्तरको प्रसारण लाइनमा भएको अप्टिकल फाइबरको भाडादर दोब्बर बनाइएको छ ।

प्राधिकरणको ६६ केभी र त्योभन्दा माथिल्लो भोल्टेज स्तरको प्रसारण लाइनमा जडित फाइबर कोरको प्रतिकिमि प्रतिवर्ष प्रतिफाइबर कोरको भाडादर करबाहेक ३२ हजार रुपैयाँ लाग्ने पत्रमा उल्लेख छ । यस्तै ३३ केभी र त्यसभन्दा मुनिको भोल्टेज स्तरको वितरण लाइनमा जडित फाइबर कोरको हकमा प्रतिकिमि प्रतिवर्ष फाइबर कोरको भाडादर करबाहेक ३० हजार रुपैयाँ लाग्ने पत्रमा उल्लेख छ । प्राधिकरणको वितरण र प्रसारण लाइनमा जडित फाइबर प्रयोग गरेबापत लाग्ने भाडादर दोब्बर बढेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले बताए ।

पोलको भाडादरमा पनि प्राधिकरणले मूल्यवृद्धि गरेको छ । प्राधिकरणले ग्रामीण क्षेत्रमा प्रतिपोलको भाडा प्रतिवर्ष ५० रुपैयाँ लिँदै आएकामा नयाँ भाडादर करिब २ सय रुपैयाँ पुगेको उनको भनाइ छ । महानगर क्षेत्रमा प्राधिकरणले प्रतिपोलको भाडा २ सय लिँदै आएकामा अहिले ३ सय रुपैयाँभन्दा बढी पुर्‍याइएको पराजुलीले बताए । विजय तिमल्सिनाले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित