कस्तो थियो जानि राखौं रावणको परिवारिक अबस्था ?

7
SHARES
15
VIEWS

एजेन्सि । धेरैलाई रामायणका मुख्य पात्र मध्ये एक रावणका बारेमा थाहा नहुन सक्छ । उनी महाविद्धान मानिन्थे । आज हामी रावणको पत्नी, सन्तान, मातापिता र हजुरबुवा हजुरआमाका बारेमा चर्चा गर्नेछौ।

रावणको हजुरबुवा हजुरआमा (घरतर्फ)
रावणका हजुरबुवा ब्रह्माका पुत्र महर्षि पुलस्त्य थिए भने हजुर आमा हविर्भुवा थिइन् ।

रावणका मावली हजुरबुवा हजुरआमा
रावणको मावली हजुरबुवाको नाम सुमाली थियो भने हजुरआमा ताड़का थिइन् ।

(रावणका माता पिता)
रावणका पिताको नाम ऋषि विश्वश्रवा र माताको नाम कैकसी हो । कैकसी विश्वश्रवाकी दोश्रो श्रीमती हुन् । यसअघि उनकको विवाह इलाविडासँग भएको थियो । जसबाट कुबेरको जन्मको भएको थियो ।

रावणका दाजुभाइ दिदिबहिनी
रावणका ८ दाजुभाइ दिदीबहिनी थिए । रावणकी आमाका तर्फबाट विभीषण, कुम्भकरण, अहिरावण, खर, दूषण र दुई बहनी सूर्पनखा र कुम्भिनी थीए । रावणको सौतेनी दाजु कुबेर हुन् ।

(रावणका पत्नी)
रावणका तीन पत्नी थिए । जसमा पहिली मन्दोदरी, दोस्री धन्यमालिनी र तेस्रीको नाम शास्त्रमा उल्लेख छैन । मंन्दोदरी राजा मायासुर र अप्सरा हेमीकी पुत्री थिइन् ।

(रावणका सन्तान)
प्रचलित कथा अनुसार रावणका सन्तानमा मेघनाद (इन्द्रजीत), अक्षय कुमार, अतिकाय, देवकान्ता, नरन्तका र त्रिशिरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित