अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा जो बाइडेनले लिए सपथ

7
SHARES
15
VIEWS

काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा जो बाइडेनले सपथ लिएका छन् । उपराष्ट्रपति कमला ह्यारिसले पनि पद तथा गोपनियताको सपथग्रहण लिएकी छिन् । वासिंटन डिसीमा रहेको अमेरिकी संसद भवन क्यापिटल हिलको पश्चिम तर्फको अग्रभागमा सपथग्रहण समारोह भएको हो ।

राष्ट्रपतिका रुपमा बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसबाट बाइबललाई साक्षी राखेर सपथ लिएका हुन ।

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीस सोनिया सोटोमेयरबाट सपथ लिएकी हुन ।

सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यही स्थानमा सपथ लिएका थिए । त्यसपछि हरेक राष्ट्रपतिले यही स्थानमा सपथग्रहण गर्दै आएका छन् ।

समारोहमा पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन र बराक ओबामा, बिल क्लिन्टन र हिलारी क्लिन्टन उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित