असंबैधानिक कदम विरुद्ध माईति घरमा नागरिक समाजको विरोध

7
SHARES
15
VIEWS

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाजले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शनिबार मण्डलामा जम्मा भएका नागरिक समाजका प्रतिनिधिहरुले ओलीको कदम असंवैधानिक भएको भन्दै विरोध गरेका हुन् ।

प्रदर्शनमा संवैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षडयन्त्र बन्द गर, प्रतिनिधिसभा मास्न पाइँदैन निरङ्कुश सरकार चाहिँदैन लगायतका नारा लेखिएको पोस्टर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा बरिष्ठ पत्रकार नारायण वाग्ले, स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी लगायतले ओली कदमको विरोध गर्दै सर्वोच्च अदालतले संविधान अनुसार नै निर्णय गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित