रास्कोटमा ३२ सय घरधुरीलाई पुग्ने ७५ किलोवाटको सौंर्य विद्युत बन्दै

7
SHARES
15
VIEWS

कालीकोट । बैकल्पिक उर्जा प्रवद्धन केन्द्रले रास्कोटमा ७५ किलोवाटको सौर्य विद्युत संचालनमा ल्याउने भएको छ ।

रास्कोट नगरपालिकाको वडा न. ९ फुकोटमा उक्त आयोजना शुरु हुने भएको छ । सौर्य उर्जा कार्यक्रम संचालनमा आएपछि रास्कोट नगरपालिकाका वडा न. १ देखि ९का तिन हजार दुई सय घरधुरीलाई उज्यालो बाल्न सहयोग पुग्ने रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । वहाँका अनुसार उक्त आयोजनामा नगरपालिकाले १० प्रतिशत लगानि र बैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत लगानिमा सम्पन्न हुने बताउदै ५ करोड ५० लाखको बजेट अनुमान गरिएको छ ।

सौर्य विद्युत उत्पादनका लागि सहयोग गर्ने सहयोग पुगाउने बैकल्पिक उर्जा प्रवद्धन केन्द्र लगाएतका निकायलाई रास्कोट नगर प्रमुख बरालले धन्यावद दिदै उक्त परियोजनाबाट फाइदा लिन नगरवासिलाई अनुरोध गर्नु भएको छ । सौर्य विद्युत कार्यक्रमको आगामि तिन महिना भित्र सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाउने बैकल्पिक उर्जा प्रवद्धन केन्द्रले जनाएको छ ।

कालीकोट लगाएतका कर्नालि प्रदेशका जुम्लामा गोठिचौर र तिला गाउँ पालिकामा ५० । ५० किलोवाट, मुगुको सोरु गाउँ पालिकामा ६० किलोवाट र जाजरकोटको बारेकाट गाउँ पालिकामा १७० किलोवाटको सौर्य विद्युत संचालनमा ल्याउने भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित