आइतबारदेखि कोरोनाविरुद्धको खोप जिल्लामा पठाइने

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले सबै प्रदेशका भण्डारणमा कोरोनाविरुद्धको खोप पुराउने तयारी गरेको छ ।

आइतबारबाट जिल्लाका खोप केन्द्रमा खोप लगिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोपशाखा प्रमुख डा.झलक शर्मा गौतमले कोरोना खोपको सबै तयारी पूरा भइसकेको जानकारी दिए ।

पहिलो चरणमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने जनशक्ति, स्वास्थ्य स्वयंसेविकालाई खोप दिइनेछ ।

कोरोनाविरुद्धको खोप १८ वर्षमाथिका उमेर समूहलाई मात्र दिइनेछ । नयाँ भएकाले खोप लगाइसकेपछि आधा घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ ।

डा.गौतमकाअनुसार गर्भवती, सुत्केरी र कुनै पनि एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन । बिहीबार भारतले नेपाललाई खोपको १० लाख डोज हस्तान्तरण गरेको थियो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप भारतले हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित