कालीकोट । दिनहुं नारा जुलुस र आन्दोलन गर्न रमाउने भन्नेहरुका अगाडी एका विहानै अनेरास्ववियु र युवा संघले कालीकोटको मान्म बजारमा सरसफाई गरेको छ ।
मान्म बजारमा रहेको फोहोर सरसफाइ गर्दै युवा विद्यार्थिहरुले केपि ओलि नेतृत्वका गृहमन्त्रि राम बहादुर थापाले क्रान्तिकारी लालकिल्लामा पाइला टेकेको भन्दै सरसफाई गरेका हुन ।
उनिहरुले कार्यक्रमका नाममा ओलिले गरेको असंबैधानिक कदमका विरुद्ध चालेको पाइलाहरुमा संबैधानिक बनाउन प्रयास गरेकाले त्यो कदम नसच्याउदा सम्म राम्रा काम गरेर आन्दोलन जारी राख्ने बताएका हुन ।
युवा सुंघका गणेश शाही,अनेरास्ववियुका मनसिंह शाहीको नेतृत्वमा गरिएको बजार सरसफाईमा बजारमा भएको फोहोर व्यवस्थापन गर्न लालयित गर्ने उद्देश्यले सरसफाई गरिएको बताएा छन ।
Discussion about this post