सरकार नागरिक समाजसँग क्षमा माग–डा. शेखर कोइराला

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारलाई नागरिक समाजसँग माफी माग्न आग्रह गरेका छन् । उनले मंगलबार बिहान सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नागरिक समाजसँग माफी माग्न आग्रह गरेका हुन् ।

सोमबार बालुवाटार घेर्न पुगेका नागरिक समाजका अगुवामाथि भएको घटनापछि सरकारको चर्को आलोचना भइरहेको छ । मानवअधिकार तथा शान्ति समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी नागरिक समाजका अगुवामाथि प्रहरीले लाठी बर्साउनुका साथै पानीको फोहोरा फालेको थियो ।

उक्त घटनामा केही घाइते भएका छन् भने प्रहरीले दुई दर्जन बढीलाई पक्राउ गरेको थियो । डा. कोइरालाले प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका नागरिक समाजमाथि भएको वर्वरताको निन्दा र भत्सर्ना जति गरे पनि नपुग्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपुर्ण प्रदर्शन रहेका नागरिक समाज माथि वर्वरताको निन्दा र भत्सर्ना जति गरेपनि पुग्दैन।त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पुजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट नै।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित