अनेरास्ववियु कालीकोटले पढाउन छोडेर दलका कार्यक्रम आउने शिक्षकलाइ कार्बाही गर्न माग

7
SHARES
15
VIEWS

कालीकोट । अनेरास्ववियु कालीकोटले पढाउन छोडेर बिद्यालय बन्द गरि  दलको कार्यक्रममा आउने शिक्षकलाइ कार्बाही गर्नु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचर्यलाइ ध्यानाकर्षण पत्र बुझाएको हो  । अनेरास्ववियु कालीकोटका संयोजक मनसिन्ह शाहिको नेतृत्वमा गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा शिक्षा नियमावली २०७६ मा उल्लेख गरे अनुसार कुनै पनि राजनैतिक दलको कार्यक्रम नजाने भने पनि यहि माघ १२ गते नेकपा केपि ओलि समुहको कार्यक्रममा बिद्यालय बन्द गरेर दुइ दर्जन बढि शिककहरु सहभागी भएको भन्दै बिरोध जनाएका हुन ।

अनेरास्ववियु कालीकोटले बुझाएको ध्यानाकर्षण पत्रमा बिद्यालय र शिक्षकहरुको नाम समेत उल्लेख गर्दै उक्त शिक्षकलाइ आबस्यक चेतावनी समेत दिन अनुरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित