हिमचुलि सहकारीको नेतृत्व महिलाले गर्ने अवस्था आएको छ —संस्थापक अध्यक्ष बराल

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.का संस्थापक अध्यक्ष तथा हालका संरक्षक काशिचन्द्र बरालले महिला केन्द्रित कार्यक्रम अघि बढेकाले अबको दिनमा संस्थाको नेतृत्व गर्ने दिन आएको बताउनु भएको छ ।

कर्नालि संचार संग विहबार कुरा गर्दै स्थापना कालमा थोरै जनशक्तिका विच स्थापना गरिएको सहकारी दुरदराजका बस्तिमा वित्तिय तथा गैरवित्तिय क्षेत्रमा उल्लखनिय योगदान दिन सफल भएको बताउदै कर्नालि प्रदेशको नमुना हिमचुलि कृषि सहकारी संस्था हुने बताउनु भएको छ ।

स्थापनाको छोटो समयमा यस सहकारीलाई तन मन र बचनका साथ दत्त चित्त भएर लागेकै कारण विकास भएको स्मरण गर्दै संस्था गठन गर्दाको समयमा विरोध गर्नेहरु पछिल्लो समयमा सहकारीको विकास भएको देखे पछि पछुताउन थालेका बताउनु भएको छ । आफुहरुले सरकारी निकायको सहयोग विना संस्था अघि बढाएकाले यसको आत्मनिर्भरका साथ विकास भएको तर अनुदान मुखि सहकारीहरुले एक पाइला वरपर जान नसकेको दावि गर्नु भएको छ ।
हाल यस हिमचुलि कृषि सहकारी संस्था लि.का जिल्ला भर ९ वटा सेवा कार्यालय, १२ करोड बढि बचत, १हजार बढि सदस्यहरुमा ३० करोड लगाानि गरिएको छ भने ६० भन्दा बढि जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमा ५ हजारलाई स्वरोजगार दिन सफल भएको हिमचुलि कृषि सहकारी संस्थाका हाल १३ हजार शेयर सदस्य रहेका छन ।

२०६५ सालमा हालका रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द बरालको नेतृत्वमा २५ जना सदस्यहरुको उपस्थितिमा २५ हजार शेयर लगानिबाट स्थापना भएको सहकारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित