प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेल हुँदै

7
SHARES
15
VIEWS

काठमाडौं, १५ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुन लागेको हो । बागमती समूह बी को विजेता र आर्मी समूह ए को उपविजेता टोली हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल विहान नौ बजे हुनेछ । आजको विजेताले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा एपीएफले साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित