बाटो मर्मतका नाममा सेवाग्राहीबाट जग्गा मालिक मल्लले रकम असुल्दै

7
SHARES
15
VIEWS

कालीकोट । सुर्खेत जुम्ला सडक खण्डको जितेबजारमा सडक भन्दा करिब १ किलोमीटर तल रहेकोे बजारमा समान लिए बापत प्रती गाडी २ सय देखि ४ सय सम्म बाटो मर्मतका नाममा जग्गाधनी रकम उठाउन थालेका छन ।खाडाचक्र नगरपालिका २ पोरिपाल्ली निवाशी ऐन मल्लले नगदी रसिद छपाएर रकम उठाउने गरेका हुन । उनले करिब ३ महिना देखि रकम उठाउन थालेको बताएका छ्न ।

यात्रुले ल्याएको ब्याक्तिगत देखि बिक्रि बितरणका लागि ल्याउने गरेको समान बाट रकम उठाउन थालेको बताए । उनले अगाडि भने आफुले छहरा देखि जिते बजार सम्मको बाटो ब्यक्तिगत रुपमा बनाएको र अहिले मर्मत समेत आफैले गर्ने गरेकाले रकम उठाउन थालेको बताउदै बिगत लामो समय अघि देखि दाजुभाइ विच वैमनस्यका कारण रकम नउठाएको बताए ।
यहाँको जग्गा आफ्नो भएकाले ब्यापारीहरु बाट समेत मिटरको हिसाबले आफुहरुले जमिनको भाडा लिदै आएको बताका छ्न । ब्यापारिले प्रती मिटर तिन सय देखि ५ सय सम्म तिर्ने गरेका छ्न ।
स्थानीय ब्यापारीहरुले भने उक्त सडकको भाडा उठाउन नहुने बताए ।पहिलेे सडक ब्यापारीको लगानी र जमिनको साहु ऐन मल्लले बनाएको हो पछिल्लो समयमा पनि जग्ग्गा मालिक  मल्लले बनाएकाले जमिनको भाडा लिदै आएको बताए ।

ब्यक्तिगत समानको समेत भाडा लिने गरेकोमा पचालझरना १ निवासी हस्त खड्काले बिरोध जनाउदै ब्यापारीबाट प्रती गाडी रकम उठाएपनी ब्याक्तिगत सामानको रकम दिन्न भनेपछी बिबाद चर्किएको थियो । खड्काले भने मेरो घरायसी सामान हो भन्दा यहाँ झार्न मिल्दैन मुलसडक बाट ल्याउनु भन्दै मल्लले झोक्किएर अभिव्यक्ति दिएका थिए । गाडी मालिक सङ्ग भन्दा पनि ब्यापारी बाट लिएकोमा सेवाग्राहीले बिरोध जनाएका हुन ।
यस सम्बन्धमा खाडाचक्र नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष बिर्खसिङ्ह बिक सङ्ग सम्पर्क हुन सकेेेन ।
जितेगडामा यातायातका साधनका लागि पक्की पुल नहुदा स्थानीय कामदारहरुले जितेगडा देखि झोलुङे पुल मार्फत समान बोक्दै आएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित