नरहरिनाथले आफ्नै पक्कि भवनको निर्माण शुरु गर्यो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाका अधिकांस स्थानिय निकायहरु अस्थायि भवन तथा भाडामा बसिरहेको अवस्थामा पक्कि संरचनाका लागि काम शुरु भए संगै नरहरिनाथ गाउँ पालिकाले आफ्नै पक्कि भवन निर्माण कार्य शुरु गरेको छ ।

नरहरिनाथ गाउँ पालिकाको केन्द्र रहेको कुमालगाउँमा करिब ४ करोडको लगानिमा काम शुरु भएको बताइएको छ ।

नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिर बहादुर विष्टका अनुसार यस अघि ठेक्का भएको भवनको समयमा काम शुरु हुन नसक्दा रकम फ्रिज गएकाले यस वर्ष दुर्त गतिमा काम शुरु भएको बताउनु भएको छ । वहाँका अनुसार यस अघि साविकको कुमालगाउँ गाविसको हलमा काम भइरहेको अवस्थामा आगजनि भएका कारण कर्नालि प्रदेश सरकार संग रकम माग गरेको र प्रदेश सरकारको विपद व्यवस्थापन मार्फत आएको ४ करोड रकमबाट काम शुरु भएकाले अषार भित्र सम्पन्न गर्ने योजना रहेको बताउनु भएको छ ।

सो समय सम्म सम्पन्न नभएमा रकम फ्रिजमा जाने भएकाले सम्पन्न गर्ने हिसावले तिव्र गतिले काम अघि बढेको बताउनु भएको छ । जिल्लाका सबै स्थानिय तहहरु कतै साविकका भवनमा त कतै भाडामा काम गर्दै आएको छन ।

सबै भन्दा बढि भौतिक संरचना रहेको खांडाचक्र नगरपालिका समेत भाडामा काम गर्दै आएको छ भने तिलागुफा नगरपालिका र रास्कोट नगरपािलकाले आ आफ्नै भवनमा काम गर्दै आएको बताइएको छ ।

त्यसै गरी पचालझरना गाउँ पालिका भने तोकिएको केन्द्र पणेक्षामा आफैले निर्माण गरेको भवनमा पाmगुन महिना देखि सर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित