काठमाडाैं । नेपाली कांग्रेसका भातृ संस्थाहरूले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छन् ।
प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज रातो प्रतिगमनविरूद्ध प्रदर्शन हुने बताएका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई कालो प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई रातो प्रतिगमन भएको बताए ।
कांग्रेसले प्रदर्शनमा सहभागी हुन आइतबार नै विज्ञप्ति निकालेर अपील गरेको छ ।
Discussion about this post