आम हड्ताल सफल पार्न नेकपा कालीकोटको अपिल(विज्ञप्ति सहित)

7
SHARES
15
VIEWS

कालीकोट । केपि ओलिको असंबैधानिक कदमका विरुद्ध निरन्तर आन्दोलनमा रहेको नेकपा प्रचण्ड माधव पक्षले माघ २२ गते आम हड्ताल गर्ने भएको छ । उक्त आम हड्ताललाई सफल पार्नका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कालीकोटले जिल्ला बासिलाई सहयोग गर्न आग्रह गरेको छ ।

नेकपा कालीकोट जिल्ला कमिटी कालीकोटका अध्यक्ष धनजित शाही द्धारा हस्ताक्षरित विज्ञप्तिमा केपि ओलिको सर्वसत्ताबादि चिन्तनका कारण देश चरम संकटमा गइरहेको उल्लेख गर्दै प्रतिनिधि सभा विघटन गरेर देश बर्बाद तिर गएको सवविधितै छ उक्त असंबैधानिक कदमका विरुद्ध देश आन्दोलन तिर गइरहेको अवस्थामा पुन असंबैधानिक कदमलाई निरन्तरता दिदै विभिन्न संबैधानिक आयोग तथा राजनैतिक नियुक्तीका कामलाई निरन्तरता दिएकोमा पार्टीलाई गम्भिर भएको बताएको छ ।

सो कदमलाई हटाउदै जनमतको कदर गर्न र जनता प्रति उत्तरदायि हुन माघ २२ गते आमहड्ताल घोषणा गरिएको छ । आमहड्ताललाई साथ दिन जिल्ला बासि आम समुदाय,राजनैतिक दल,नागरिक समाज,उद्योगि पेशाकर्मि व्यवसायि,बुद्धिजिविहरुमा नेकपा कालीकोटले सहयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित