पलांताको राडुनेटामा सडक अबरोध,मुआव्जा नपाएको भन्दै सडकमा पर्खाल

7
SHARES
15
VIEWS

कालीकोट । निर्माणाधिन तिवगाड धौलागोह सडकको काम हुंदै गर्दा जग्गाधनिले भत्किएको घरको मुआब्जा नपाएको भन्दै सडकमा पर्खाल लगाएका छन । पलांता गाउँ पालिकाको वडा न. २ राडुनेटाका स्थानियले सडक निर्माणका क्रममा घरको भान्छा भत्काीदएकाले सडकमा पर्खाल लगाएका हुन ।

स्थानिय मुनिजन प्याकुरेलले गएको तिन वर्ष अघि सडक निर्माण गर्दा घरको दांया साइडमा रहेको एक कोठा डोजरले भत्काएको र उक्त घरको मुआब्जा दिने भनेको तर आज सम्म नदिई पुन डोजर लिने क्रममा घरको पर्खाल समेतमा क्षेति पुगाएकाले सडकमा पर्खाल लगाएको हुन ।

घरमा आफुहरु नभएको अवस्थामा डोजरले एक कोठा भत्काएको तर तत्कालिन अवस्थामा पक्की घरको प्रति कोठा एक लाख र कच्चि घर खर छानाको ७० हजार राहत दिने भनेर अरुहरुलाई दिएको तर आफुले नपाएकाले राहत(रायो दियानन) नपाउदा सम्म पर्खाल नभत्काउने जानसा प्याकुरेलले बताइन । आफुलाई मात्र किन भेदभाव गरेर राहत नदिएको हो सोको जानकारी पाउनु पर्ने र उचित राहत नदिदा सम्म सडक सुचारु गर्न नदिने बताइन ।

सोही सडक निर्माण गर्न खोज्दा असहमति भएपछि सडकमा पाल टांगेको समयमा पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमको उपस्थितिमा समस्या समाधान भएको स्थानियले बताएका छन । पटक पटक के कारणले विरोध गर्छन हुन लागेको विकासमा अबरोध गरेर नहुने गराउन लागेको स्थानिय सदानन्द न्यौपानेले बताए ।

पर्खाल भत्काएर मोटरसाइकल लिन खोज्दा धनजन विक र घरमुलि मुनिजंन प्याकुरोल विच आपसि झगडा भएको बताइएको छ । उक्त झगडामा समmदारी नहुंदा इलाका प्रहरी कार्यालय थिर्पुमा मुद्धा दायर गरिएको बताइएको छ । सार्वजनिक बाटोमा पर्खाल लगाएर मोटरसाइकल जान नदिएपछि धनजन विकले प्रहरीमा उजुरी दिएको बताइएको छ । यस सम्बन्धमा पलांता गाउँ पालिका वडा न. २ का वडा अध्यक्ष विरी विकलाई सम्पर्क गर्न खोज्दा फोन उठाएनन् ।
सडकमा पर्खाल लगाएका कारण राडुनेटाबाट धौलागोह हुंदै खिना जोड्ने सडकको काम अबरोध भएको छ ।

डोजर राडुनेटामा रहेकाले बाटो खन्ने काम रोकिएको वडा न. ३का वडाअध्यक्ष कर्ण बहादुर रोकायाले बताएका छन । उनले भने हुन लागेको विकासमा स साना समस्या जोडेर अबरोध नर्गन समुदायलाई आग्रह गरेका छन ।

यस अघि पलांताको थिर्पुमा जग्गाको मुआव्जा नपाएको भन्दै ८ महिना सम्म सडकमा पर्खाल लगाइएको थियो । अन्तिममा आएर जमिनको मुआव्जा सहित  सिचाई कुलो बनाइ दिएपछि उक्त समस्या समाधान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित