पलांताका जनयुद्धका हस्ति “वसन्त”

7
SHARES
15
VIEWS

कालीकोट । कक्षा ९ पढ्ने बेलामा बाल्यकालको जिवनमा जनयुद्ध रोजेको वल बहादुर रोकायाको अहिले पिडा वेग्लै रहेको छ ।

माओवादी भनेपछि हाँउका रुपमा बुझ्ने समयमा हालको पलांता गाउँपालिका स्थित धौलागोह २का वसन्त नामले चिनिएका रोकायाको आक्रोस संगै रोदन पनि फरक छ । २०५६ साल फागुन ५ गते जनयुद्धमा सहभागि भएका उनि सरस्वति मावि थिर्पूमा कक्षा ९मा अध्ययन गर्दै थिए । आफुले राजनैतिक भन्दा पनि तत्कालिन अवस्थामा अन्याय देखेर साविकको धौलागोह,थिर्पु र खिनबाट माओवादी जनयुद्धमा कोही सहभागि नभएको बेला आफु समाहित भएको बताए ।

लामो सुस्केरा हाल्दै उनले भिरमा पानिको पाइप बनाउन गएको समयमा भेट हुंदा अचम्मित अनि आक्रोस पोख्दै अहिलेको व्यवस्था ठिक लाग्दैन पहिलको जस्तो अहिले हुने अवस्था नाई कसैको पक्षमा नलिएर घरमा खेति किसान गरेर जिविकोपार्जन गर्दै आएको बताए । तत्कालिन समयमा युद्धकालमा उनि डोटी,अछाम, बाजुरा लगाएतका जिल्लामा संगठन निर्माण देखि अन्य राजनैतिक क्षेत्रमा सरिक भएका वसन्त नेकपा(माओवादी)केन्द्र विभाजन पछि बैद्य हुंदै विप्लव पक्षिय भएका पलांता ३(साविक धौलागोह ३ घोचायाबाडा)निवासि वसन्त अहिले भने कसैको पक्षमा नलाग्ने बताए ।

आफुलाई सिद्धान्त विक्रि गरे जस्तै हुने गरेकाले पुंजिवादी सत्ताका भरौटे संग जान मन नलागेको बताए । उनले कर्नालि संचार संग भने आफुलाई सिद्धान्तका कुरा गरेर भूणि भरुवाहरुको विश्वास नलाग्ने भएकाले आफुले अहिले सबैको अवस्थाको मुल्यांकन गरेको बताए ।

२०५६ सालमा अहिलको पलांताका कुनै पनि व्यक्ति जनयुद्धमा सहभागि नभएको स्मरण गर्र्दै तत्कालिन अवस्थामा आफुहरु संग अहिलेका पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल(विश्वप्रकाश),विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज समेत भएका मनिलाल ऐडी(रणदिप),प्रतिक्षा लगाएतका मात्र कार्यक्रता भएको बताए । उनिहरु अहिले कोही नेता छन कोही क्रान्तिकारी नेताको रुपमा रहेको भएपनि आफुलाई पारिवारीक जिवनमा रमाउनु नै खुशि रहेको बताए ।

आफुलाई अन्याय अरु केही छैन तर हामीले लडेको जनयुद्धको व्याज अहिले अरुले लिए जब की बाघको छालामा स्यालको रजांइ जस्तै भएको भान आफुलाई हुने गरेको बताए । अहिले आफुलाई सर्वसाधारणले अगाडी भुमिगत भइर के पाइस भन्छन तर मलाई त्यसमा कुनै गुनासो छैन आफुलाई मात्र पहिले हिंडेको हुं मेरा क्षमताले यति भए त्यसैमा गर्व लाग्ने गरेको बताए । २०५८ सालमा स्थानिय महिला संग जनवादी बैवाहिक लगनगांठोमा बांधिएका रोकायाका ५ छोरी र एक छोरा रहेका छन ।

आफुलाई कसैले सम्मान नगरेपनि जनयुद्धमा पहिला हिंड्ने आंट गरेकामा आफैलाई गर्व लागेको बताए । विचमा प्रचण्डले तुहाएको माओवादी आन्दोलनबाट भतुवाकोअ प्रवेशले जनताका चाहाना अधुरा रहेको उनले बताए । उनि जस्तै पुर्व जनमुक्ति सेना लगाएतका कार्यक्रताहरुको अवस्था दयनिय रहेको बताइएको छ ।

वसन्त जस्तै जनयुद्धको यात्रामा सहभागि नेता तथा कार्यक्रताहरुलाई नत अहिलेको स्थानिय सरकारले हेरेको छ न त कुनै पार्टी तथा अन्य निकायबाट हेरेको छ । अहिले भने हुने खाने र निश्चित वर्गको उठान हुने गरेको तत्कालिन माओवादी युद्धमा सहभागि भएकोहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित