कालीकोटका विभिन्न ठाउँमा संसद पुनःस्थापनाको पक्षमा कार्यक्रम हुंदै

7
SHARES
15
VIEWS

कालीकोट ।सर्वाेच्च अदालतले संसद विघटनको बदर गरे संगै देश भर खुशियालि छाएको छ । सोही सिलसिलामा कालीकोटका विभिन्न ठाउँमा स्वागत तथा उत्सवका रुपमा मनाउन शुरु भएको छ ।

मंगलबार सांझ दिपावलि गरेर मनाइएको उक्त कार्यक्रम बुधबार जिल्लाका पचालझरना गाउँ पालिका,रास्कोट नगरपालिका तथा सदरमुकाम मान्ममा विशेष कार्यक्रम गरी मनाइदै छ । रास्कोट नगरपालिकामा नेकपा रास्कोटले कार्यक्रम शुरु गरेको छ ।

उक्त कार्यक्रमलाई रास्कोट नगरकमिटीका अध्यक्ष धर्मराज शाही, नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नगरकमिटि अध्यक्ष धर्मराज शाही पोषणले जनताको जित भएकाले उत्सवका रुपमा मनाउन अनुरोध गर्नु भएको छ भने पचालझरना गाउँ पालिकाको जारकोट बजारमा विजय उत्सवका रुपमा कार्यक्र मनाउन शुरु भएको छ ।

उक्त कार्यक्रमलाई नेकपा पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख विक, पचालझरना गाउँ पालिका उपाध्याक्ष तारा न्यौपाने लगाएतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

केपि ओलिले पौष ५ गते संसद विघटन गर्दै बैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेका थिए । उक्त संसद विघटनको विरुद्धमा परेको सर्वाेच्च अदालतले संसद विघटनको बदर गरेपछि अहिले सबै क्षेत्रमा न्याय जिवितै रहेको र सर्वाेच्च अदालतको प्रशंसा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित