विशेष अधिकार खोस्ने आंट गरेको केपिको सपना चकनाचुर भएको छ –उपाध्यक्ष न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । प्रधानमन्त्रि केपि ओलिले संसद विघटन गरेर दलित,महिला तथा पिछडिएको क्षेत्र माथिको प्रहार भएको मा न्यायलयले त्यसको अन्त गरेको बताउनु भएको छ ।

नेकपा पचालझरना गाउँ कमिटीले आयोजना गरेको संसद पुनस्थापनाको स्वागत कार्यक्रममा बोल्दै पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले २सय ३८ वर्ष जहानिया शासनको अन्त गरी नेपालि जनताले बनाएको संविधानको रक्षा गर्ने गरी न्यायलयले गरेको संसद विघटन बदरको फैसलाले सबैको अधिकार पुन दोहोरिएको बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका कर्नालि प्रदेश कमिटी सदस्य देवजंग शाही(अग्नि)ले सर्वसत्तावाद लागु गरेका केपि ओलिको न्यायलयले धज्जि उडाइदिएको बताउनु भएको छ ।

नेपालमा कानुनि राज्यको महसुस भएको बताउदै अब देशले कहिल्यै पनि स्वच्छाचारी कदम चाल्ने प्रथाको अन्त भएको बताउनु भएको छ । सो कार्यक्रममा नेकपा पचालझरना गाउँ कमिटीका अध्यक्ष पौरख विक प्रमोदले नेपालको न्यायलय स्वतन्त्र भएको पुष्टि भएको छ ।

यस अघि विभिन्न टिकाटिप्पणि गरेर न्यायलयमा राजनैतिक दवाव हुन्छ की भन्ने आशंका हराएको बताउदै अध्यक्ष पौरख विकले यो आंसिक सफलता भएकाले अब नेताहरुले सबै क्षेत्र तथा नागरिक समाजको मर्म भावना अनुसार अघि बढ्नु पर्ने बेला भएको बताउनु भएको छ ।

त्यसै उक्त कार्यक्रममा नेकपा पचालझरनाका पार्टी सचिव मर्मजंग बमले सत्ता लिप्सामा लाग्नेका हविगत वास्तविक नेकपा हुने भएकाले उनिहरु फर्किने अवस्था आएको बताउदै केपि ओलि पछि लागेका कार्यक्रताहरुलाई फर्किन अनुरोध गर्नु भएको छ ।

नेपालको संविधानको स्वच्छाचारी कदम चालेर प्रधानमन्त्रि केपि ओलिले पौष ५ गते संसद विघटन गरेका थिए ।
कालीकोट जिल्लाका विभिन्न स्थानमा स्वागत तथा उत्सवका रुपमा कार्यक्रम भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित