शिक्षकलाई जातीय विभेद गर्दै कुटपिट

7
SHARES
15
VIEWS

बर्दिबास । महोत्तरीको बर्दिबासमा रहेको जनता माध्यमिक विद्यालय गौरीडाँडाका पूर्वप्रधानाध्यापक एवं हालका शिक्षक नेत्रबहादुर रम्तेलमाथि विद्यालयमा आक्रमण भएको छ ।

विद्यालय परिषरमा स्थानीय मनीष अर्यालले शिक्षण क्रियाकलापमा खटिएका शिक्षक रम्तेलमाथि कुटपिट गरेका हुन् ।

शिक्षक कुट्ने आरोपी अर्याललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबास डीएसपी वीरेन्द्र थापाले बताए । शिक्षक रम्तेलमाथि जातीय लान्छना लगाउँदै कुटपिट भएको थियो ।

‘तँ मुला दलितले हेडमास्टर भन्दै आक्रमण गरे’, पीडित शिक्षकले भनेका छन । शिक्षक रम्तेलमाथि टाउकोमा मुक्का प्रहार गर्दै शरीरमा लगाएको गन्जी, सर्ट र कोर्ट च्यातिदिएका छन् । शिक्षकमाथि भइरहेको आक्रमण रोक्न खोज्दा आरोपीले फेरि ढुङ्गा प्रहार गरेका थिए ।

अराजक गतिविधिमा सक्रिय रहेका आरोपी अर्यालले यस अघि होटल व्यवसायीमाथि आक्रमण गरेको बर्दिबास ३ का वडाडाध्यक्ष राजन ढुङ्गानाले बताए ।

उनलाई विद्यालयबाटै नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका थिए । बाटोमा प्रहरीलाई झुक्याएर भागेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खनालले आरोपीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित