कालीकोट । नेकपा नगर कमिटी रास्कोटले २६ औ बलिदानी दिवश तथा सहिद सप्ताहमा जनयुद्धका शहिदलाइ सम्मान गरेको छ । रास्कोट नगर कमिटी अध्यक्ष धर्मराज शाही (पोषण)को अध्यक्षता भएको कार्यक्रममा स्युनाको आरसिपि बजारमा रास्कोट नगरपालिकाका ६४ जना शहिदका परिवारलाइ सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
नगर कमिटी अध्यक्ष शाहीले जनयुद्ध का क्रममा उच्च तहबाट बलिदानिले हामी यहाँ सम्म पुगेको र शहिदको रगतलाइ बिर्सिनेहरुलाइ खबरदारी गर्ने बेला आएको बताउनु भएको छ । जनयुद्धका क्रममा बलिदान दिएका रास्कोटका बिस्वनाथ योगि बिबस,पुस्प न्यौपाने इन्द्रजित,राजेश, धिर बम,जिवन ओलि,बन्दनाका साथै खाडाचक्र नगरपालिका ४ का डिल्ली प्रसाद आचार्यका छोरा जनक आचार्यलाइ सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा रास्कोट नगर पालिका उपप्रमुख मिमसरा बम, नेकपा नगर कमिटी सचिब डबल बोगटी , नेकपाका नेताहरुको उपस्थिति मा सम्मान गरिएको बताइएको छ ।
उक्ता कार्यक्रममा बोल्दै उपप्रमुख मिमसरा बम शाहीले जनयुद्धको बलिदानी बाट देशामा लोकतान्त्रिक गणतन्त्र आएकाले शहिदको रगतलाइ बिर्सन नसकिने बताउनु भएको छ ।
तत्कालीन जनयुद्ध शुरु भएको २ हप्ता पछि गोर्खाका दिल बहादुर रम्तेललाइ सुरक्षाकर्मिले हत्या गरेको फागुन १४ गतेलाइ बलिदानी दिवसका रुपमा नेकपा( माओवादी )ले मनाउदै आएको थियो। सोही क्रममा कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा नेकपाले सम्मान गरेको हो ।
Discussion about this post