पचालझरनाको खरकोट धमालिमा नयाँ वर्ष भित्र विद्युत बल्ने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको वडा न. २मा नव वर्ष २०७८ साल भित्र सबै घरमा विजुलि बत्ति बाल्ने बताइएको छ ।
पचालझरना वडा न. २का वडाअध्यक्ष करविर वि.क.का अनुसार पचालझरनाका अन्य वडाहरुमा विद्युत सुचारु भएपनि वडा न. २का खरकोट गाउँ र धमालिका २ सय बढि घरपरिवारहरुमा विद्युत बाल्ने तयारी भएको बताउनु भएको हो ।

अहिले पचालझरनाको विद्युत उत्पादन भएको लाफाबाट लाईन विस्तारको काम भएको र लाइन विस्तार हुने वित्तिकै घरमा विद्युत जडानका लागि काम शुरुवात गर्ने बताउदै दुर्त गतिमा काम हुने विश्वास लिएको अध्यक्ष करविर वि.क.ले बताउनु भएको छ ।

वहाँका अनुसार अहिले लाइन विस्तारका लागि धमाधम पोल गाड्ने  काम भएको बताउनु भएको छ ।

लाफाबाट उत्पादित विद्युतको क्षमता ८५ किलोवाट भएको र पचालझरनाका नौ सय घरधुरीमा विद्युत संचालनमा आइसकेको छ भने यस आर्थिक वर्षको अन्तिम सम्म पचालझरनाका सबै वडामा उज्यालो बाल्ने योजना रहेको लाफागाढ जनविद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णुलाल न्यौपानेले बताउनु भएको छ । अहिले पचालझरनामा विद्युत २४ घण्टा विद्युत सुचारु हुने गरेको सहकर्मि विरेन्द्र विकले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित