योगि नरहरिनाथको सम्झनामा रहगाढ बजारमा तेस्रो महोत्सव हुने

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाको रहगाड बजारमा तेस्रो नरहरिनाथ धार्मिक,सांस्कृतिक, शैक्षिक तथा पर्यटन महोत्सव हुने भएको छ । योगि नरहरिनाथको १०७ औं जन्मजयन्तिको अवसरमा तेस्रो नरहरिनाथ महोत्सव हुन लागेको छ ।

नरहरिनाथ गाउँ पालिकाको आयोजनामा हुने महोत्सवमा चर्चित राष्टिय कलाकारहरुको उपस्थिति हुने बताइएको छ ।

सो महोत्सवमा कलाकारहरु रेखा जैसी,जनक सांउद,जनक कार्की,पुष्पाञ्जलि रोकाया लगाएतको उपस्थिति रहने बताइएको छ । यस अघि रहगाढमा महोत्सव हुंदै आएको भएपनि यति बेलाको धार्मिक तथा पर्यटनका साथै शैक्षिक महोत्सव हुने बताइएको छ ।

योगि नरहरिनाथका प्रचारक रत्नकमल विष्टको पहलमा सांस्कृतिक कार्यक्रम हुने गरेको भएपनि नरहरिनाथ गाउँ पालिकाले महोत्सवको रुपमा परिणत गरेपछि प्रत्येक वर्ष महोत्सव शुरु हुन थालेको बताइएको छ ।

महोत्सव फागुन १७ देखि १९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित