दासढुंगा घटनाको गहिरो अन्वेषण गर्न ओली–प्रचण्ड सहमत

7
SHARES
15
VIEWS

काठमाडौ/जेष्ठ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणकोे गहिरो अन्वेषण गर्न सहमत भएका छन । मदन भण्डारी र जिवराज आश्रित लोकप्रिय नेताको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुखद् निधन भएको आज २७ बर्ष वितेकोे छ ।

२७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो बर्षगाठको सन्दर्भमा आज जेठ ३ गते दुवै अध्यक्ष ओली र प्रचण्डले संयुक्त वक्तव्य जारी गर्दै यस्तो सहमति जनाएका हुन् ।

जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो ।

उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन् । उनीहरुमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छन्’, ओली प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२७ औ मदनआश्रित स्मृति दिवसकोसन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुन व्यक्त गर्दछ ।’

मदन आश्रित स्मृति दिवसकै ऐतिहासिक सनदर्भ २ बर्ष अगाडि २०७५ जेठ ३ गते ततकालिन एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित