प्रधानमन्त्रीकै नगरमा आदिवासीको उठीबास

7
SHARES
15
VIEWS

दमक। केही वर्षअघिसम्म जग्गावालका छोरा–नाति पदमबहादुर माझी जीवनको उत्तरार्द्धमा मानसिक रोगीजस्तै बनेका छन् । खानाको ठेगान छैन । दिनहरू भौंतारिएर बित्छ । जोकोहीसँग भेट हुँदा उनी आग्रह गरिहाल्छन्, ‘मलाई न्यायका लागि सहयोग गरिदिनुपर्‍यो ।’

आफ्नो पुस्तैनी १० कट्ठा १६ धुर जग्गा राज्य पक्षले हडपेको भन्दै पदमबहादुर ७१ वर्षको उमेरमा न्यायका लागि हारगुहार गरिरहेका छन् तर उनको गुहार सुन्ने कोही छैन । ‘छरछिमेक, प्रहरी, नगरपालिका, बुद्धिजीवी, नागरिक समाज कसैबाट पनि पर्याप्त सहयोग पाइनँ,’ उनले भने, ‘न्यायका लागि म ५० वर्षदेखि एक्लै लडिरहेको छु ।’ आफ्नो नामको उक्त जग्गा दमक नगरपालिकाले जबर्जस्ती हडपेको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक निवासी हरिमाया मझिनी २०२१ सालअघि २८ बिघा जग्गाकी धनी थिइन् । उनी पति हरिबहादुर र छोरा धनबहादुर माझीको निधनपछि नाति पदमबहादुरसँग बस्दै आएकी थिइन् । मझिनीले नै आफ्नो निजी जग्गामा साप्ताहिक रूपमा प्रत्येक बुधबार लाग्ने गरी दमकमा बजार लगाउन सुरु गरेको दाबी गरिन्छ । बुधबारको बजार पहिला रतुवा नदीको बगरमा लाग्दै आएको थियो । २००८ सालमा रतुवा नदीमा आएको ठूलो बाढीले बजार बगायो । बाढीले बगाएको बजारलाई मझिनीले दमक नगरपालिका ७ (साविक १२) हाटखोलास्थित आफ्नो निजी जग्गामा सारेकी थिइन् । बजार लगाएबापत मझिनीले प्रत्येक पसलेबाट पैसा उठाउँथिन् । त्यही पैसाले मझिनी र नाति पदमबहादुरको दैनिकी चल्थ्यो ।

२०२१ सालमा भएको नापीले हाटखोलाको जग्गालाई ‘हटिया’ भनेर उल्लेख गर्‍यो । पुर्ख्यौली जग्गालाई नापी टोलीले ‘हटिया’ भनेर उल्लेख गरेपछि माझी परिवारमा संकटका दिनको सुरुवात भयो । जग्गाधनी मझिनी र नाति पदमबहादुरले उक्त जग्गा आफ्नो भएको प्रमाण देखाउँदै हिँडिरहे तर दमक गाउँ पञ्चायतले हाटखोलाको जग्गा सरकारी भएको दाबी सुरु गर्‍यो । रैती नं. १६९ का रैती हरिमाया मझिनीको नाममा कित्ता नं. ६४२ को हाटखोलामा ११ कट्ठा ४ धुर जग्गा दर्ता थियो । उक्त कित्ता नम्बरबाट मझिनीले ८ धुर जग्गा आसबहादुर श्रेष्ठलाई बिक्री गरेकी थिइन् । उक्त जग्गा मझिनीको नामबाट आसबहादुरले २०३८ वैशाख २० गते भूमि सुधार कार्यालय झापाबाट आफ्नो नाममा दर्ता गरेको प्रमाण भेटिन्छ । जग्गा बिक्रीपछि मझिनीको नाममा रहेको कित्ता नं. ६४२ फोर भएर कित्ता नं. ९९२ र ९९३ बन्यो । आसबहादुरले खरिद गरेको ८ धुर जग्गा कित्ता नं. ९९२ मा दर्ता भयो ।

आसबहादुरको निधनपछि उक्त जग्गा उनका छोरा जुद्धबहादुर श्रेष्ठले पाएका थिए । ९९२ कित्ता नं. को ८ धुर जग्गाबाट जुद्धबहादुरले ४ धुर जग्गा बिक्री गरेका थिए । ९९२ को कित्ताफोड (विभाजन) भई कित्ता नं. १४८१४ मा ४ धुर जग्गा उत्तरबाट दमक नगरपालिकाले जुद्धबहादुरसँग खरिद गरेको देखिन्छ । कित्ता नं. १४८१५ मा बाँकी रहेको ४ धुर जग्गा जुद्धबहादुरका नाममा धनीपुर्जासहित कायम छ । ८ धुर जग्गा बिक्रीपछि १० कट्ठा १६ धुर कित्ता नं. ९९३ को जग्गा हरिमाया मझिनीको निधनपछि हकवाला पदमबहादुर माझीका नाममा दर्ता रहेको देखिन्छ । अर्जुन राजवंशीले कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित