स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड–माधव सचिवालयको निर्णय

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको बताइएको छ ।

केन्द्रीय कमिटी बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने निर्णय भए पनि स्थायी कमिटी बैठकको मिति भने तय गरिएको छैन ।

बैठकले पार्टीको आधिकारिकताका लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति अनुरोध गरेको समूका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित