दुई साता देखि वेपत्ता भरुनेको अवस्था अज्ञात

7
SHARES
15
VIEWS

कालीकोट । जितेगडा बजारमा भारी बोक्ने काम गर्दै आएका पचाझरना गाउँ पालिका २ धमालि निवासि एक युवक दुई साता देखि अवस्था अज्ञात रहेको छ ।

लालिघाट बजार देखि घर जाने क्रममा रास्कोट नगरपालिकाको सान्तिघाट बजार सम्म पुगेका भरुने कामी फागुन ६ गते सांझ ९ वजे परिवारलाई फोन गरेको तर घरमा नपुगे पछि खोजि कार्य तिव्र पारे पनि अहिले सम्म अवस्था अज्ञात रहेको बताइएको छ ।वेपत्ता भरुने कामीको परिवार केलसरा कामीले राति ९ वजे आफुलाई फोन गरेर शान्तिघाटमा छु राति १२ वजे सम्म घर पुग्छु भनेको तर राति १० वजे पछि मोबाइल अफ गरेको बताइन ।

उनकोे साथमा रहेका अन्य दुई व्यक्ति संगको सोधपुछमा केही आधार नभेटिए पछि खोजि कार्यका लागि पिडितले जिल्ला प्रहरी कार्यालय कालीकोटमा निवेदन दिएका छन ।

पचालझरना २का वडा अध्यक्ष करविर कामीले अहिले भात्तडी देखि जिते बजार सम्म कर्नालि नदिमा खोजि कार्य गर्दै छौं अहिले सम्म केही अत्तोपत्तो नभएको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटमा हुलिया सहितको खोजिका लागि निवेदन दिएका छौं १२ दिन सम्म खोजिरहेको तर कुनै छेउ टुप्पो पत्ता नलागेको वेपत्ताका दाजु गुईया कामीले बताए । उनका अनुसार सबै क्षेत्रमा बुझ विस्तार गरिएको छ त्यसका साथै कर्नालि नदि किनारमा खोजखवर गर्दा पनि केही अत्तोपत्तो नलागेको उनले बताए ।

निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कालीकोटले हुलिया सहितको विवरण अन्तरजिल्लामा पठाइएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित