सरकार र विप्लव नेतृत्वको नेकपा बीचको पहिलो चरणको वार्ता सकारात्मक

7
SHARES
15
VIEWS

काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

दुवै पक्षका वार्ता टोलीबीच वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो चरणको वार्ता सम्पन्न भएको हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको जानकारी दिए ।

वार्ताका लागि विप्लव समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक प्रकाण्ड सदस्य उदयबहादुर चलाउने दीपकसहित बिहानै बालुवाटार पुगेका थिए । उतीहरुबीच वार्ता साढे ९ बजेबाट सुरु भएको थियो ।

करिब दुई वर्ष भूमिगत रहेको समूलाई राजनीतिको मूल धारमा ल्याउने केपी शर्मा ओली नेतृत्वको सरकारले प्रयास गरेको हो । वार्ता चौतर्फी प्रशंसा भएको छ ।

पहिलो चरणको वार्ताका क्रममा सरकार पक्षसमक्ष विप्लव समूहले आफ्ना पक्राउ परेका नेता कार्यकर्ताहरुको रिहाइ तथा प्रतिवन्ध फुकुवासहित आफ्ना नेताहरुमाथि लगाइएका मुद्दा खारेजीको माग गरेको छ ।

सो मागका सम्वन्धमा सरकार पक्षको वार्ता समितिले भने सकरात्मक जवाफ दिएको स्रोतले जनाएको हो । वार्ता सकरात्मक दिशामाअघि बढेको स्रोतको भनाइ छ ।

सरकारले मंगलबार गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्सीय वार्ता समिति बनाएको थियो भने हिजो नै विप्लव समूहले समेत वार्ता समिति गठन गरेको थियो ।

सरकारले विप्लव समूहसँग वार्ता गर्न वार्ता समिति बनाए पनि सो समूहमाथि राजनीतिक गतिविधि गर्न बन्देज गर्नेगरि लगाएको प्रतिवन्ध भने अझै फुकुवा गरिसकेको छैन । सरकारले सो समूहमाथि २८ फागुन २०७५ मा प्रतिवन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित