सरकार र विप्लव नेतृत्वको नेकपा विच तेस्रो चरणको वार्ता हुँदै, बिहीबार निर्णायक वार्ता हुने

7
SHARES
15
VIEWS

काठमाडौं। सरकार र विप्लव समूहबीच अहिले तेस्रो चरणको वार्ता भइरहेको छ । उच्च स्रोतका अनुसार बुधवार बिहान र साँझको वार्ता प्रधानमन्त्रीको सरकारी निवासमा भएको भए पनि अहिले भने अन्य स्थानमा वार्ता भइरहेको हो ।

‘बिहान र साँझ गरी दुई चरणमा बालुवाटारमा वार्ता भएको थियो, अहिले तेस्रो चरणको वार्ता बालुवाटार भन्दा बाहिर भइरहेको छ,’ स्रोतले भन्यो ।

सरकारसमक्ष विप्लव समूहको वार्ता टोलीले पहिलो चरणमा प्रतिबन्ध फुकुवा, आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र नेता कार्यकर्तामाथि लगाइएका मुद्दा खारेजीको माग राखेको थियो ।

यस्तै दोस्रो चरणमा वार्ता मूल मुद्दामा प्रवेश गरेको थियो भने अहिले जारी तेस्रो चरणको वार्तामार्फत सहमतिको खाका तय गर्ने र भोलि (बिहीबार) निर्णयमा पुग्ने गरी अघि बढेको बताइन्छ ।

अहिले भइरहेको वार्ता तत्कालीन माओवादीलाई स्व. गिरिजा प्रसाद कोइराला सरकारले बालुवाटारमा बोलाएर वार्ता गरे जस्तै गरी त्यही रूपमा भइरहेको छ। उक्त समयमा प्रचण्ड र बाबुराम भट्टराईले बालुवाटारमा सरकारसँग निर्णायक वार्ता गरेका थिए र सहमति बनेको थियो।

उक्त समयमा स्व. कोइरालाको अगुवाइमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले तत्कालीन माओवादीसँग वार्ताको नेतृत्व गरेका थिए।

विप्लव समूहसँग पनि सरकार उही रणनीति अपनाउँदै वार्तालाई सहमतिमा पुर्‍याउने गृहकार्यमा लागेको छ। अहिलेको वार्ताको नेतृत्व रामबहादुर थापा ‘बादल’ले गरिरहेका छन् भने विप्लव समूहको वार्ताको नेतृत्व खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गरिरहेका छन्।

सरकारले विप्लव समूहसँग केही समयदेखि लगातार वार्ता गरिरहेको छ। विभिन्न तह र तप्का नेताहरूले विभिन्न चरणमा वार्ता गरेका थिए। नेकपाभित्रको राजनीतिक उतार-चढावबीच सरकार विप्लवसँग सहमति गर्न आतुर देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित