डेरी संचालनका लागि सरोकारवालाहरु संग मान्ममा अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट । डेरी बन्द भएको लामो समय पछि सदरमुकाम मान्ममा पुन डेरी संचालन हुने भएको छ । खांडाचक्र नगरपालिकाको ताडी,सियांला आसपासका कृषकहरु संग आगामी दिनमा डेरी संचालनका लागि अपनाउनु पर्ने प्रक्रिया तथा आउने चुनौतिको सामाना गर्नेगरी भेट्नरी,कृषक र सहकारीहरु विच बुधबार मान्ममा अन्तरक्रिया कार्यक्रम भएको छ ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोट,खांडाचक्र नगरपालिकाको पशु शाखा,डेरी संचालक हिमचुलि कृषि सहकारी संस्था लि. र कृषकहरु विच अन्तरक्रिया भएको हो ।

उक्त कार्यक्रममा खांडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्ट,हिमचुलि कृषि सहकारी संस्था लि.का अध्यक्ष कालीबहादुर महतारा, मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद अचार्य,पशु शाखा प्रमुख लगाएतले डेरी संचालनमा आगामी दिनमा आउने चुनौतिका सम्भावना र दिर्घकालिन रुपमा निरन्तरता दिने विषयमा केन्द्रित रहेको बताइएको छ ।

जिल्ला पशु सेवा कार्यालय,पशु शाखा र हिमचुलि कृषि सहकारी संस्थाले अपनाउनु पर्ने विषयका बारेमा सलाईड प्रस्तुत गर्दै समाधानका विधि अपनाइएको डेरी व्यवस्थापक चन्द्रमणि आचार्यलय बताएका छन ।

यस अघि हिमचुलि कृषि सहकारी संस्था लि.ले आफै डेरी संचालन गरेको थिए । उचित व्यवस्थापन र दुधको खपत नहुने भएपछि २०७२ सालमा डेरी बन्द रहेको थियो । अब छिट्टै डेरी संचालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित