करणीको मुद्दामा झापाकी एक महिलाई ११ वर्षको जेल सजाय

7
SHARES
15
VIEWS

झापा । मानव ओसारपसार र जबरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार महिला पक्राउ परेकी छन् ।

झापा गौरीगञ्ज–६ की २६ वर्षीया रविना राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २०७६ साल असार ३० गते जिल्ला अदालत झापाले मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरीवानाको फैसला गरेको थियो । तर, उनी अदालतको फैसला अघिनै उनी फरार थिइन् ।

उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइएको र पीसीआर परीक्षणको रिपोर्ट आएपछि कारागार पठाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित