उडिरहेका करिब १५ सय चरा एक्कासी भुईमा बजारिएर मरे, वैज्ञानिकहरु नै चकित

7
SHARES
15
VIEWS

आकासमा उडिरहेका चराहरु अचानक भकाभक जमिनमा खसेको दृष्य वास्तवमै अनौठो थियो । जमिनमा वजारिएर संसार छोड्दै गरेका चराहरुको संख्या पनि उदेकलाग्दो थियो । उडिरहेका चराहरु एक्कासी भुईमा बजारिँदै म’र्दै गरेका दृश्य देखेका मानिसहरुले त्यो भिडियो र तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

त्यस्ता दृष्य यतिबेला सामाजिक संजालमा भाइरल हुन थालेका छन् । ति दृश्यहरु अमेरिकाको फिलाडेल्फियाका हुन् । गएको २ अक्टोबरमा फिलाडेल्फिस शहरमा १ हजार ५०० चराहरु आकाशबाट भटाभट खसेको समाचारमा जनाइएको छ । आकाशबाट तल खसेका चराहरु मध्ये धेरैको म रे’को अन्तरष्ट्रिय समाचारमा उल्लेख छ ।

सोही स्थानमा आजभन्दा ७२ वर्ष पहिला सन् १९४८ मा यस्तो घटना भएको बताइएको छ । फिलाडेल्फिस शहरमा आकाशबाट चराहरु किन खसे भन्ने विषयमा अध्ययन सुरु गरिएको छ । यो अचम्मको घटनाले वैज्ञानिक र अनुसन्धान केन्द्रहरु नै अचम्मा परेका छन् । अहिले सम्म त्यसको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित