भाइरल भयो ‘बरू मलाई गोली हान्नुस्’ भन्दै म्यानमारकी ननले प्रहरीसँग हात फैलाएको तस्बिर

7
SHARES
15
VIEWS

काठमाडौं ।म्यानमारको प्रदर्शनमा हतियारधारी प्रहरीसामू एक ननले घुँडा टेकेको तस्वीरले अहिले संसारभरि चर्चा पाइरहेको छ।

सोमबार मित्यिनाको एक शहरमा ४५ वर्षीया क्याथोलिक नन एन रोज नु ट्वाङले प्रदर्शनकारीहरूको भीडमा गोली हान्नुभन्दा बरू आफैंलाई मारिदेउ भन्दै प्रहरीसामू घुँडा टेकेको तस्वीर अहिले सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा चर्चित भएको हो।

उनले दुबै हात फिजाएर बच्चालाई छाडिदिनू बरू मलाई मार्नु भन्दै घुँडा टेकेर बिन्ती गरेकी छन्। उनको यस्तो आग्रह पछि दुई जना प्रहरीले पनि घुँडा टेकेर हात जोडेको तस्बिरमा देखिन्छ।

‘मैले घुँडा टेकें… उनीहरूलाई गोली नहान्नु र यातना नदिनू भनेर बिन्ती गरेँ, बरू मलाई गोली हान्नु र मार्नु,’ उनले भनिन्।

बौद्ध धर्मवालम्बीहरूले समेत नन एनको प्रयासको तारिफ गरेका छन्।

सेनाले फेब्रुअरी १ मा  आङ साङ सुकीलगायत नेताहरूलाई नियन्त्रणमा लिई सैनिक कू गरेदेखि म्यानमारका विभिन्न शहरमा प्रदर्शन भइरहेका छन्।

प्रदर्शनकारीहरूले नागरिक सरकारको पुनर्स्थापना माग गर्दै प्रदर्शन गरिरहेका छन्। सेना तथा प्रहरीले भने बल प्रयोग गर्न थालेका छन्। उनीहरूले टियर ग्यास, पानीको फोहोर, रबरको गोली र गोली नै पनि प्रयोग गर्न थालेका छन्।

सोमबार प्रदर्शनकारीहरू हेल्मेट र घरमै बनेको सिल्ड बोकेर सडकमा उत्रिएका थिए।

त्यसरी उत्रिएका प्रदर्शनकारीहरूमाथि जब प्रहरीले बल प्रयोग गर्न थालेको थियो तब नन एन रोज नु ट्वाङसहित अन्य दुई जनाले उनीहरूलाई त्यसो नगर्न भनेका थिए।

‘प्रहरीले पक्राउ गर्नका लागि लखेट्दै गर्दा मलाई बच्चाहरूको चिन्ता लागेको थियो,’ उनले भनिन्। त्यही बेला ननले घुँडा टेकेकी थिइन्।

उनले यसरी आग्रह गरेको केहीबेरपछि प्रहरीले ननको पछाडि रहेका प्रदशर्नकारीको  भीडमा गोली हानेका थिए।

‘बच्चाहरू आत्तिएर भागे.. केही गर्न सकिनँ तर मैले भगवानसँग बच्चाहरूलाई बचाउन र मद्दत गरिदिन भन्दै प्रार्थना गरें,’ उनले भनिन्।

सोमबारको प्रदर्शनमा उक्त सहरमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित