वारेन बफेटको सम्पत्ति १०० अर्ब पुग्यो

7
SHARES
15
VIEWS

काठमाडौं । वारेन बफेट १०० अर्ब सम्पत्तिको क्लबमा समावेश भएका छन् । जेफ बेजोस, एलन मस्क, बर्नार्ड र्अनल्ट र मार्क जुकरवर्गपछि वारेन बफेट पनि १०० अर्बको क्लबमा पुगेका हुन् ।

हाल जेफ बेजोसको सम्पत्ति १८० अर्ब अमेरिकी डलर रहेको छ भने, छेटौं नम्बरमा रहेका बफेटको सम्पत्ति १०० अर्ब डलर पुगेको छ । बुधवार कम्पनीको सेयर मूल्य बढ्दा बफेटको व्यक्तिगत सम्पत्ति पहिलो पटक एक सय अर्ब डलर पुगेको हो ।

विश्वकै सफल लगानीकर्ताका रूपमा चिनिने बफेटले अर्बाैं डलर दान गर्दै आएका थिए । यस कारण पनि उनको सम्पत्ति १०० अर्ब डलर पुग्न नसकेको बताइन्छ । हाल बफेट ९० वर्ष पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित