हिमचुलि सहकारी द्धारा एक लाख राहत प्रदान

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोटले सदस्यको दुर्घटनाबाट मृत्यु भएका घरका आफन्तलाई एक लाख रकम राहत प्रदान गरेको छ । संस्थाले विहवार एक कार्यक्रमका विच खांडाचक्र नगरपालिका ११ रेंगिल निवासि अक्कल बहादुर शाहीलाई सो रकम हस्तान्तरण गरेको हो ।

शाहिको पत्नि अनिता शाही हिमचुलि कृषि सहकारी संस्थामा २०७३ साल देखि आवद्ध भई बचत गर्दै आउनु भएको थियो । उनको फागुन २४ गते घास काट्न जांदा भिरबाट खसेर मृत्यु भएको थियो । रेंगिलमा आयोजना गरिएको कार्यक्रममा खांडाचक्र नगरपालिका ११ का वडा सदस्य तथा कालीकोट उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तिल बहादुर शाही र संस्थाका सचिव सरोज बोगटीले स्वर्गिय अनिता शाहीको श्रीमान अक्कल बहादुर शाहीलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका वडा सदस्य शाहीले हिमचुलि कृषि सहकारी संस्था दिदी वहिनिहरुका लागि माइति सो सरह भएको बताउदै सबैको अभिभावकका रुपमा हिमचुलि सहकारी हो यसले गरिब दुखिहरुलाई व्यवसायमा लगानि र बचत गर्ने बानिको विकास गराएकोमा संस्थालाई शाहीले धन्यवाद दिनु भएको छ ।
त्यसै गरी संस्थाका सचिव सरोज बोगटीले मानिसको मृत्यु निश्चित छ । तर कहिले हो भन्ने थाहा छैन र कसरी हुन्छ भन्ने निश्चित नभएकाले विमा गर्नु अनिवार्य भएको बताउदै हिमचुलि कृषि सहकारी संस्थाले सबै सदस्यहरुको दुर्घटना विमा गराएको बताउनु भएको छ । सोही अनुसार यस वर्ष २ जनालाई दुर्घटना विमा वापत एक एक लाख विमा राहत दिने निर्णय अनुसार स्वर्गिय अनिता शाहीका आफन्तलाई प्रदान गरेको बताउदै संस्थामा १५ हजार भन्दा बढि शेयर भएका सदस्यहरुको निशुल्क विमा गरेको बताउनु भएको छ ।विमा राहत कार्यक्रममा संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्य, आन्तरिक लेखापरिक्षेक रुपेन्द्र ऐडी,सेवा कार्यालय व्यवस्थापक मनसिंह शाही, नेपाल कम्युनिष्टा पार्टी(नेकपा)का प्रतिनिधि तथा समुहमा आवद्ध महिलाहरुको सहभागि रहेको थियो ।

एक लाख रकम स्वर्गिय अनिता शाहीको हकवाला आयुस शाहीको नाममा मुद्धति बचत खातामा राखिने सेवा कार्यालय व्यवस्थापक मनसिंह शाहीले बताउनु भएको छ । संस्थाले यस अघि पनि दुर्घटना र कालगतिले सदस्यको मृत्यु पछि राहत दिदै आएको छ । संस्थाका १२ हजार पांच सय बढि सदस्यहरुमा जिल्लाभर विभिन्न सदस्यमुखि कारोवार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित