काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको कार्यकर्ता भेला सुरु भएको छ ।
पार्टीभित्र विवाद उत्कर्षमा भएका बेला त्यसको समाधानमा भन्दा एक पक्षले अर्कोलाई निषेध गर्ने तथा आफूखुशी भेला आयोजना भइहरका छन् ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्ने सो पक्षले जनाएको छ ।
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते गरेको निर्णयको विरोधमा सो पक्षले भेला आयोजना गरेको बताएको छ ।
यद्यपि महासचिव ईश्वर पोखरेलले पार्टीलाई गुटबन्दीले फुटतिर लैजाने यस किसिमका भेलामा उपस्थित नहुन मंगलबार नै नेता कार्यकर्तालाई सचेत गराएका थिए । ओली पक्षका नेताहरुले यस किसिमका भेलाले विवाद बढाउने भन्दै यस्तो नगर्न नेपाल र खनाल पक्षका नेताहरुलाई आग्रह गरेका थिए ।
Discussion about this post