नयाँदिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

7
SHARES
15
VIEWS

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मीना तामाङको गोली हानी हत्या भएको छ ।

उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् । दिल्लीमा रहेका आरबी खड्काले बिहान सबैभन्दा पहिला पसल खोल्न पुग्ने मीनालाई बुधबार बिहान अज्ञात समूहले गोली हानेर हत्या गरेको बताए । गोली हान्नेले अरु कसैलाई गोली हान्दा मीनालाई लागेको हुन सक्ने जनाइएको छ ।

नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा पाँच वर्षदेखि किराना पसल चलाउँदै आएकी थिइन ।

बुधबार बिहान करिब सात बजे मोटरसाइकलमा आएका दुई जना लुटेराले पसल लुट्न खोज्दा तामाङले प्रतिकार गर्दा उनीमाथि गोली हानेको दिल्ली प्रहरीले बताएको छ ।

घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले लुटेराहरूको खोजी भइरहेको बताएको छ ।

3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित