केपी ओलीलाई निरन्तरता दिनु भनेको संविधानको उपहास गर्नु हो – रामचन्द्र पौडेल

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्न दिइरहनु भनेको मुलुकलाई बर्बादीतिर धकेल्नु मात्र हुने बताएका छन् । उनले संसद विघटन गर्नेलाई एक दिन पनि सत्ता सम्हाल्न दिन नहुने बताएका छन् ।

नेता पौडेलले भने, ‘केपी ओलीलाई निरन्तरता दिनु भनेको संविधानको उपहास गर्नु हो । लोकतन्त्रको उपहास गर्नु हो ।’

अब सरकारको नेतृत्व कसले गर्नुपर्छ त भन्ने नेपाली रेडियो नेटवर्कको प्रश्नमा उनले भने, ‘नेतृत्वले संसदको अल्झन फुकाउने हो । प्रणालीको रक्षा गर्न र संसदको रक्षा गर्न पनि अग्रसरता लिने हो । सके आफूले नेतृत्व लिने नसके अर्कोलाई सघाएर भए पनि केपी ओलीलाई बिदा गर्नुपर्छ ।’

कसरी हुनसक्छ नेतृत्व परिवर्तन भन्ने प्रसङ्गमा उनले भने, ‘ओली इतर सबै मिल्नुपर्छ । ओलीलाई प्रधानमन्त्री पदमा राखिरहनु हुँदैन । नत्र भने न अदालतको सम्मान हुन्छ न संघीय लोकतान्त्रिक गणतन्त्रको सम्मान हुन्छ । न नेपाली जनताको सम्मान हुन्छ ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोतिर संकेत गर्दै उनले भने, ‘जनता समाजवादीका केही नेता र हाम्रै दलका केही नेताहरु कसको इशारामा लागेका हुन् बुझ्न सकेको छैन ।’

उनले जो प्रधानमन्त्री भए पनि फरक नपर्ने तर सिष्टम जोगिनु पर्नेमा जोड दिँदै भने, ‘जोसुकैले सरकारको नेतृत्व गरे पनि फरक पर्दैन तर सिष्टम बढाउनु पर्यो ।’

देउवालाई गाँठो फुकाउन आग्रह गर्दै भनेको बारे नेता पौडेलले सुनाए ‘मैले मेरो सभापति शेरबहादुर देउवालाई भनेको छु कि तपाईले नेतृत्व सम्हाल्नुस् कि निकास दिनुस् संसद भंग गर्नेलाई किन समर्थन गरिरहने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित