वेपत्ता यौद्धाको सपनालाई सार्थकता तुल्याउनु हाम्रो दायित्व  हो -प्रचण्ड

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ ।नेपाल कम्यनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लेवेपत्ता यौद्धाहरुको त्यागबाट हामीले संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यास सहित समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताउनु भएको छ ।

आज जेठ ७ गते बेपत्ता योद्धा दिवस को अवसरमा वेपत्ता यौद्धा प्रति सम्मान व्यक्त गर्दै प्रचण्डले सो कुरा बताउनु भएको हो । वहांले वेपत्ता यौद्धाको त्यागको सम्मान गर्दै वहांहरुले देखेको सपनालाई सार्थकता तुल्याउनु हामी कम्युनिष्ट क्रान्तिकारीहरुको दायित्व भएको बताउनु भएको छ । देशमा जनयुद्ध तथा शान्ति कालमा वेपत्ता भएको यौद्धाहरुलाइ स्मरण गर्नु भएका प्रचण्डले वेपत्ता परिवारको अभिभावकत्व र शिक्षा दिक्षाको लागि सरकारलाई ध्यानाकर्षण गर्नु भएको छ ।

कालीकोट जिल्लामा जनयुद्धका समयमा २२ जना वेपत्ता रहेको वेपत्ता परिवार सरोज बोगटीले बताउनु भएको छ । महान जनयुद्धका क्रममा वि.स. २०५६ सालमा आजकै दिन काठमाडौबाट बेपत्ता बनाइएका तत्कालिन नेकपा९माओवादी ०का केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने लगाएत जनयुद्धका तमाम वेपत्ताहरुको स्मरणमा वेपत्ता दिवस मनाउने गरिएको छ । कोरोनाका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम नभएपनि वेपत्ता यौद्धाहरुको स्मरण गर्दै दिवस मनाईएको छ ।तत्कालिन राज्य पक्षले माओवादीको नाममा नागरिकहरुलाई कब्जा गर्दै वेपत्ता पारेको थियो ।

अहिले कि सास चाहियो कि लास चाहियो भनेर वेपत्ता परिवारका आफन्तहरु आवाज उठाउदै आएका छन । तर त्यस माथि कुनै चासो दिइएको पाईदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित