नगरप्रमुख बरालले धाराको पानि खाएर ओखलढुंगा सुरक्षित खानेपानि युक्त गाउँ घोषणा( फोटो फिचर)

7
SHARES
15
VIEWS

(रास्कोट)कालीकोट ।अहिले जिल्ला भर युनिसेफ संगको साझेदारीमा खानेपानि तथा सरसफाईका क्षेत्रमा विभिन्न गाउँ टोल सुरक्षित खानेपानि युक्त गाउँ घोषणाको अभियान चले संगै रास्कोट नगरपालिकाको ओखलढुंगालाई सुरक्षित खानेपानि युक्त गाउँ घोषणा गरिएको छ ।

रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालको प्रमुख आतिथ्यतामा ओखलढुंगालाई नवनिर्मित धाराको पानि खाएर घोषणा गरिएको छ ।

रास्कोट नगरपालिका वडा न. ६को ओखलढुंगाका ३५ घरधुरीमा युनिसेफको ३ लाख र रास्कोट नगरपालिकाको २ लाख गरी जम्मा ५ लाख लगानिमा खानेपानि सम्बन्धि कार्यक्रम भएको जलवायु तथा उर्जा अधिकृत गणेश बहादुर रावलले बताउनु भएको छ ।

हाल सम्म रास्कोट नगरपालिकाका ७ सय ८९ घरधुरीमा सुरक्षित खानेपानि पुगेको बताउदै रावलले ओखलढुंगालाई सुरक्षित तथा सरसफिाई युक्त गाउँ घोषणा गरिएको बताउनु भएको छ ।

उक्त कार्यक्रममा उपप्रमुख मिमसरा बम(शाही) कार्यकारी प्रमुख जवानसिंह बम लगाएतका प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ । त्यसै गरी खानेपानि तथा सरसफाई अधिकृत पदम रोकाया,विपद न्युनिकरण तथा व्यवस्थापन अधिकृत राजेश सारु मगर,विपद न्युनिकरण तथा व्यवस्थापन विलिएन पार्टको सहभागिता रहेको बताइएको छ । रास्कोट नगरपालिकाका अन्य वडाहरुमा यस कार्यक्रमलाई विस्तार गरिने बताइएको छ ।


रास्कोटका सबै गाउँमा यस कार्यक्रमलाई जारी राख्ने बताउदै रास्कोट नगरिपािलकाका प्रमुख काशिचन्द्र बरालले नगरपालिकाका सबै वडामा खानेपानि तथा सरसफाईका क्षेत्रमा सबै नगरबासिलाई पहुंच बृद्धि गर्ने योजना रहेको बताउनु भएको छ ।

खानेपानि तथा सिचाई तथा उर्जा विकास कार्यलय रास्कोटको आयोजनामा शुरु भएको कार्यक्रममा  खानेपानिका क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै वडा अध्यक्ष टक्क फर्साल, खानेपानि उपभोक्ता समितिका अध्यक्ष कर्ण फडेरा र सामाजिक रुपमा उल्लेखनिय योगदान दिएको भन्दै मोहनविर फडेरालाई कदर पत्र प्रदान गरिएको  फिल्ड सहजकर्ता निर सुनारले जानकारी दिएका छन ।
ओखलढुंगाका समुदायहरुले उत्सवका रुपमा लिदै सांस्कृतिक झांकीहरुको प्रस्तुति समेत गरेका थिए ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित