पचालझरना गाउँ पालिकाका १२ नमुना काम

7
SHARES
15
VIEWS

देश संघियतामा गइसके पछिको पहिलो महत्वपूर्ण काम भनेको स्थानिय तह गठन तथा स्थानिय निर्वाचन गरी आफैले कानुन बनाई आत्मनिर्भर गाउँ पालिका बनाउन योजना बनाई सम्बृद्धि बनाउने भुमिका खेल्नु पर्ने थियो । सोही अनुसार २०७४ सालमा भएको स्थानिय निर्वाचन पछि बनेको स्थानिय सरकारले विभिन्न कामहरु अघि सारेर जनताका विचमा कसम खाएका अभिभारा पुरा गर्ने सिलसिलामा पचालझरना गाउँ पालिकामा स्थानिय तह पछिको जनप्रतिनिधिले गरेका कामहरु मध्ये नमुना काम यहाँ प्रस्तुत गरिएका छन । जुन कामले जिल्लाका अन्य स्थानिय तहले सिको समेत गरेका छन ।

१.स्थानिय उत्पादित खाद्यन्न राहत प्रदान :
कोरोना भाइरसका कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा गरिव परिवारका असाहयहरुलाई पचालझरना गाउँ पालिकाले स्थानिय उत्पादित खाद्यन्न (मकै) खरिद गरेर वितरण गरेको छ । जिल्ला भर बाह्य खाद्यन्न (चामल) वितरण गरेको अवस्थामा पचालझरना गाउँ पालिकाले अरुको भन्दा भिन्न पहिचान कायम गरेको छ । गाउँ पालिकामा रहेको १सय ६९ जना विपन्न परिवारलाई ३ हजार२ सय ७३ पाथि मकै वितरण गरिएको थियो ।जिल्लाका अन्य स्थानिय तहले बाह्य खाद्यन्न ल्याएर वितरण गरेको भएपनि पचालझरना गाउँ पालिकाले स्थानिय उत्पादित वस्तुको प्रयोग गरेको थियो भने कोरोना भाइरस रोकथामका लागि स्थानिय राजनैतिक दल संग समन्वय गरी सर्वदलिय बैठक मार्फत सुझाव सल्लाह लिएको थियो ।
२.विपन्न परिवार आवास निर्माण :
गाउँ पालिकामा घर जग्गा नभएका घरबार विहिन भइ अर्काको शरणमा रहेका परिवारलाई घर निर्माण गर्न शुरु गरेको छ । प्रत्येक वर्ष एक घर निर्माण गर्ने योजनाका साथ अगाडी बढेको पचालझरना गाउँ पालिकामा हाल सम्म १८ वटा घर निर्माण भइसकेका छन भने वडा न. १ र ६मा शुरुवात भएको छ । यस कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढ्ने योजना बनाएको छ ।
४.गाउँ पालिकाको लगानिमा लोक सेवा तयारी कक्षा :
पचालझरना गाउँ पालिकाले सुनौलो भविष्य बोकेका युवा युवतिहरु संग अध्यक्ष कार्यक्रम अन्तरगत यस वर्ष ३५ जना युवा युवतिहरुलाई पालिकाको लगानिमा लोक सेवा तयारी कक्षा संचालन गरेको छ । वडाबाट सिफारिस भइ आएका युवा तथा युवतिलाई सुर्खेतमा रहेको पचालझरना एजुकेशन एकेडेमि प्रा.लिमा लोक सेवा तयारी कक्षा संचालन गर्ने र आगामि वर्ष यस कार्यक्रमलाई निरन्तर जारी राख्ने बताइएको छ ।
५.खरको छाना मुक्त गाउँ पालिका :
पचालझरना गाउँ पालिकामा रहेका खरको छाना भएका घरलाई खर मुक्त बनाउने महत्वपूर्ण योजना बनाएको छ । गाउँ पालिकामा रहेका २ हजार ३ सय घर धुरी मध्ये १ हजार ६ सय घरधुरी खरले छाएका छन । तिनि घरहरुमा जस्ता पाताले छाउने बताइएको छ । खरको छाना भएका घरहरुमा पानि परेको बेला चुहिने,हावाहुरीका कारण खर उडाएर लिने समस्याबाट समुदायलाई सहज हुने छ त्यसका साथै विपन्न परिवारहरुले जस्तापाता खरिद गर्न नसक्ने समस्या पनि हल हुने भएको छ । अहिले सम्म वडा न.४का १८ घरहरु जस्ता पाताले छाइसेका छन । वडा न. १ र ६मा अधिकांस छानामुक्त भएका छन । गाउँ पालिका भरीका समुदायहरुमा यस कार्यक्रमलाई विस्तार गरिने पचालझरना गाउँ पालिकाले जनाएको छ । छाना मुक्त बनाउने अभियानले पचालझरनाका नागरिकहरुमा सिंहदरवार आएको महसुस भएको समेत बताएका छन ।
६.भेडा बाख्रा कृषकलाई गुठालो भत्ता :
पचालझरना गाउँ पालिकामा वडा न. १ देखि ५ सम्म अत्याधिक मात्रामा बन जंगल भएको क्षेत्र हो भने वडा न. ६ देखि ९ सम्मको (साविकको नानिकोट) माथिल्लो क्षेत्रमा बनजंगल रहेको क्षेत्र हो । पशुपालनका लागि प्रचुर सम्भावना भएको गाउँ पालिका हो । यहाँका अधिकांस समुदायहरुले भेडा,बाख्रा,भैसी पालन गर्दै आएका छन । ति किसानहरुलाई राहत पुग्ने र पशुपालनमा आकर्षण बढाउनका लागि पचालझरना गाउँ पालिकाले देशभर कुनै पनि ठाउँमा लागु नभएको भेडा बाख्रा पालक किसानलाई मासिक रुपमा भत्ता दिन शुरु गरेको छ ।मासिक रुपमा पशुपालक गुवालोलाइ खाजा नास्ताका रुपमा भएपनि भत्ताको व्यवस्था गरिएको छ ।खाजा नास्ता वापत रकम(भत्ता) पाउनका लागि ६० भेडा तथा बाख्रा पाल्नेलाई १००० र १०० भन्दा माथि भेडा बाख्रा पालन गर्ने किसानलाई मासिक २ हजार भत्ता दिन थालिएको छ । यस वर्ष विवरण संकलनका साथै भत्ता लिन सुचना जारी गरिएको छ ।
७.पर्यटन प्रवद्धन कार्यक्रम :
नेपालको अग्लो पचालझरना रहेको यस गाउँ पालिकामा थुप्रै धार्मिक तथा सांस्कृतिक पर्यटकिय क्षेत्रहरु रहेका छन । ति पर्यटकिय क्षेत्रको प्रवद्धन तथा संरक्षणका लागि गाउँ पालिकाले आर्थिक वर्ष २०७६।२०७७मा विशेष गाउँ सभा गरी संरक्षणका लागि विशेष योजना बनाएको छ । विशेष गाउँ सभाबाट पचालझरना,बयलझरना,बेडुलिझरना,नौमुले,चुलि,पुग, डङ्सीले, त्रिवेणी, बड्डादुन, पङ्गेली चउर, भारपाटा, कन्चुलि, बड्डापोग्रा, छेडाताल, जलकुण्डमन्दिर, बड्डाकोट दरवार, काफलडांडा,उनिकोट दरवार, दैतको तड्यो काटे,पागरपानि, घट्टे गुफा, पञ्चदेवल, पचालोको घोडो,धनुषवाण ढुंगा,फुक छहरी लगाएतका रहेको उल्लेख गरिएको छ । त्यसका साथै ति क्षेत्रको प्रवद्धन गर्ने र पचालझरनाको फेदी सम्मको रेलीङ सहितको पद मार्ग निर्माण,पचालझरनाको भुराबगरमा शहिद पार्क निर्माण गरिएको छ ।


         “  यसका साथै पचालझरना गाउँ पालिकाको प्रशासनिक केन्द्र पणेक्षामा स्थापित गरी दैनिक काम कार्वाही अघि बढाउनु पनि सफलताको पाटो भएको छ ।    पणेक्षालाई व्यवस्थित बनाई नमुना शहरको अवधारणा अनुसार काम अघि बढाउने डिपिआर समेत गरिएको पचालझरना उपाध्यक्ष तारा न्यौपानेले बताउनु भएको छ । वहाँले भन्नु भयो डिपिआर गरेका छौ सोही अनुसार बजारीकरण गर्न समुदायले विशेष भुमिका खेल्नु पर्ने भएकाले जग्गा जमिन विक्रि वितरणमा रोक लगाइएको छ


पचालझरनालाइ विश्वभर स्थापित गर्न पर्यटन बोर्डमा सुचिकृत गरी पर्यटन भ्रमण वर्ष २०२० को गन्तव्य क्षेत्रका लागि ६२ औं स्थानमा पचालझरनालाई पार्न सफल भएको छ भने उक्त झरनाकोे भिडियो डकुमेन्टि सम्पन्न भएको छ । उक्त पर्यटन सम्बन्धिका विभिन्न क्रियाकलापहरुले गर्दा आन्तरिक तथा बाह्य पर्यटनहरुको आकर्षण बन्न शुरु भएको छ । पर्यटन प्रवद्धनका लागि पाहुनाहरुको उचित बास व्यवस्थापनका लागि (होम स्टे)पाहुना घर निर्माण सम्पन्न भएको छ ।
८.एक वडा एक पत्रकार :

सुचना संचारमा पहुंच बृद्धि गरी पचालझरना गाउँ पालिकाका विकास निर्माण तथा अन्य कार्यक्रमलाई व्यापक प्रचार प्रासर गर्नका लागि एक वडा एक पत्रकारको निति ल्याइएको बताइएको छ । पचालझरना गाउँ पालिकालाई लाइ समस्या मुक्त गाउँ पालिका कसरी बनाउन सकिन्छ भन्ने बारेमा सबै सरोकारवाला निकायहरुको सुझाव सल्लाहमा अगाडी बढ्दै विकासमा सम्बृद्धि ल्याउने र सुचनाको हक कार्यन्वयन गर्दै प्रेस मैत्रि गाउँ पालिका बनाउने लक्ष्य लिइएको छ ।
९.जलविद्युत उत्पादन र वितरण :
पचाझरना गाउँ पालिकाको वडा न. ४को लाफागाड खोलाबाट ८५ वाट क्षमता भएको तल्लो लाफागाड साना जलविद्युत आयोजना संचालन गरी बैकल्पिक उर्जा प्रवद्धन केन्द्रको सहयोगमा जलविद्युत उत्पादन गरी वडा न ५,६,७ र९मा लाइन विस्तारको काम भएको छ भने गाउँ पालिकाको केन्द्र रहेको जारकोट लगाएतका गाउँमा २४ घण्टा विद्युत सुचारु भएको छ । अहिले वडा न. २को भौने,वडा न. ३को खार्दु,वडा न. ४को राम्नाकोट, वडा न. ८को मयमा विद्युत सुचारु भएको छ । चालु वर्ष भित्र बांकी वडाहरुमा विद्युत विस्तार गर्ने लक्ष्य लिएको छ । उक्त विद्युतबाट समुदायहरुले स साना घरेलु उद्योग संचालन ल्याउन सफल भएका छ । माथिल्लो लाफागाड जलविद्युत आयोजना लगाएतका सम्भाव्यता भएका ठाउँमा विद्युत संचालनका लागि प्रयास जारी भएको बताइएको छ ।
१०.गाउँ पालिकाको पहिचान कायम :
गाउँ पालिकाले स्थानिय सरकार संचालन गर्नका लागि बनाएको ऐन अन्तरगत पचालझरना लाई विश्वभर चिनाउनका लागि कर्णालि प्रदेश अवस्थित बनाइ, विश्वको लोपन्मुख जंगलि जनावर रेडपाण्डा(हाब्रे),चुलि र पुग हिमालका र पचालझरना संलग्न गरिएको लोगो सहितको पहिचान कायम गरी दैनिक प्रशासनिक काम कार्वाहीमा संचालनमा ल्याइएको छ । यसले गर्दा स्थानिय सरकारको छुट्टै पहिचान कायम भएको छ । प्रकृति श्रोत र साधनको उचित प्रयोग गरी स्थानिय तहको अपनत्व कायम गराएको छ ।
११.पचालझरनामा शहिद पार्क निर्माण :
नेपालमा चलेको जनयुद्धका शहिदहरुको सम्झनामा वडा न. ९को भुराबगरमा गाउँ पालिकाका एक एक जना शहिदहरुको सालिक बनाई शहिद पार्क निर्माण गरिएको छ । उक्त शहिद पार्क साविकको कर्नालि अंचलको पहिलो गाउँ पालिका रहेको छ । त्यसै गरी वडा न. ३को खार्दुको पचालझरना दृष्यावलोकन गर्ने स्थानमा शहिद स्मृति पार्कमा स्तम्भ निर्माण गरिएको छ । पचालझरना गाउँ पालिका रहेका जम्मा ४७ जना शहिदहरुको सम्झानामा स्तम्भमा समाबेश गरिने भएको छ । जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुको उपचार तथा राहतको व्यवस्थापन गरेको छ ।
१२.पचालझरनामा स्मार्ट पुल निर्माण गर्ने :
पचालझरना गाउँ पालिकाल नेपालको महत्वपूर्ण पर्यटकिय क्षेत्रका रुपमा रहेको अग्लो पचालझरनाको फेदीमा स्मार्ट पुल निर्माण गर्न लागिएको छ । आगामी वर्ष सम्म शुरुवात गर्न लागिएको उक्त पुल सबै भन्दा लामो र पचालझरनामा पुगेर सिधै अवलोकन गर्न सकिने भएको छ । त्यहाँ भएका बन्युजन्तुको संरक्षणका लागि पनि विशेष योजनाको तयारीमा रहेको छ पचालझरना । पचालझरना आसपासमा रेडपाण्डा,रतुवा,झारल, बाघ,भालु,डाँफे लगाएतका बन्यजन्तु तथा चराचुरुगिंहरुको संरक्षण,सम्बद्धन गर्न लागिएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित