सरकारको समर्थनबारे माओवादी केन्द्रले मङ्गलवार निर्णय गर्ने

7
SHARES
15
VIEWS

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मङ्गलवार स्थायी कमिटी बैठक बोलाएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसहित वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गर्न मङ्गलवार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि दलहरूबीचमा भइरहेका छलफल र आगामी रणनीतिक विषयमा समेत छलफल हुनेछ ।

बैठकमा पार्टी साङ्गठनिक संरचनासहित, भातृ सङ्गठनका गतिविधि लगायतका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित