सडक संजाल संगै ग्रामिण क्षेत्रमा पक्कि घर निर्माणमा तिव्रता

7
SHARES
15
VIEWS

कालीकोट ।स्थानिय तहका विभिन्न वडाहरुमा सडक संजालमा जोडिए संगै ग्रामिण क्षेत्रमा पक्कि घर लगाउने क्रम ह्वात्तै बढेको छ ।

जिल्लाको खांडाचक्र नगरपालिकाको दुर्गम मानिएको वडा न. १०को चौकी(साविकको छाप्रे)मा अक्कल बहादुर शाहीले घर निर्माण गर्न शुरु गरेका छन । गाउँमा सडक पुगेपछि सिमेन्ट बालुवामा लागत कम लाग्ने भएपछि घरका परिवारहरुले विहान बेलुकाको समय लगाएर सिमेन्टका व्लक बनाएर घर लगाउन व्यस्त छन ।

पहिले कर्नालि राजमार्गबाट बोकेर सिमेन्ट बालुवा ल्याउन कठिन थियो अहिले यातायातका साधन गाउँमा आउछन त्यसैले सहज भएर पक्कि घर लगाउन थालेको अक्कलको भनाई छ । त्यसै गरी पांखा,चौकी लगाएतका अन्य स्थानमा समेत पक्कि घर लगाउनेको होडबाजि चलेको छ ।

त्यसै गरी चौकी निवासि चन्द्रा शाहीले पनि पक्कि घर लगाउन थालेको बताइन । चौकीमा रोड पुगेपछि व्यापार पनि हुने र वडा न.१०को कार्यालय नजिक भएको र विद्यालय संगै जोडिएकाले पक्कि घर लगाएर भएपनि व्यापार गर्ने उनले बताइन ।

अहिले सो क्षेत्रमा तिलागुफा नगरपालिकाको ओखरभिट्टा हुंदै पांखा सम्म सामान ढुवानिका लागि यातायातका साधनहरु पुग्ने गरेको स्थानियले बताए । पिलि हुंदै पांखा सम्मको सडक निर्माणमा कठिनाई भएपछि तिलागुफाबाट छिटो सडक संजालमा जोडिएको स्थानियको भनाई रहेको छ ।

खांडाचक्र नगरपालिकाका सबै वडाहरुमा यातायातका साधनहरु पुगे पनि वडा न.८ दाहालामा भने यातायातका साधनहरु पुग्न सकेका छैनन ।

त्यसका लागि नुवाखेत सम्म सडक विस्तार भएपनि संचालन हुन सकेको छैन । यस वर्ष उक्त क्षेत्रमा यातायातका साधनहरु संचालनमा ल्याउने तयारी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित